आन्द्र प्रदेशमा बलात्कारीलाई २१ दिन भित्रै फाँसी, नेपालमा कहिले ?

Advertisement

काठमाडौं । भारतको आन्द्र प्रदेश सरकारले बलात्कारीलाई २१ दिनभित्रै फाँसी दिने कानुन पास गरेको छ । आन्द्र प्रदेश विधान सभाले शुक्रबार आन्द्र प्रदेश दिशा विधेयक नाम दिईएको कानुन अनुसार बलात्कारका घट्नाको न्यायिक निरुपण २१ दिनभित्रै सम्पन्न गरिसक्नुपर्नेछ र दोषीलाई फाँसीको सजय समेत राखिएको छ । हैदरावाद बलात्कार काण्डकी पीडितलाई दिईएको काल्पनिक नाम दिशालाई विधेयकको नाममै समेटिएको छ ।

नयाँ कानुनले बलात्कारका घट्नामा प्रमाण पुगेपछि २१ दिनभित्रै अदालतले फैसला सुनाउन सक्नेछ । प्रहरीले ७ दिनभित्र जाँचबुझ सम्पन्न गर्नुपर्नेछ । स्पेशल कोर्टले १४ दिनभित्र ट्रायल गर्नुपर्छ भने २१ दिन भित्र फैसला सुनाईसक्नुपर्नेछ ।

आन्द्र प्रदेशका मुख्य मन्त्री जगनमोहन रेड्डीले पछिल्लो बलात्कारका घट्ना छिमेकी तेलंगाना राज्यमा घटेको भएपनि आफ्नो सरकार महिला र बालिकाहरुको सुरक्षाका लागि गम्भिर रहेकाले कडा कानुन ल्याएको बताए ।

नेपालमा भने निर्मला पन्तको बलात्कारपछि हत्या भएको एक वर्ष नाघि सक्दा समेत दोषी पत्ता लाग्न सकिरहेको छैन् । जनस्तरबाट भने बलात्कारीलाई फाँसी दिने कानुन ल्याउन सरकारमाथी दबाव बढिरहेको छ ।

Advertisement

Advertisement

Advertisement