करण चौधरी नाडाको उपाध्यक्ष चयन, अबको अध्यक्षको तयारीको संकेत

Advertisement

काठमाडौं । सिजी मोटोकर्प तथा सिजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीलाई अटोमोवाइल व्यवसायीहरुको संगठन नाडा एशोसियशन अफ नेपालको उपाध्यक्ष चयन गरिएको छ ।

नाडाका नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलालले पदाधिकारीहरु चयन गर्ने क्रममा चौधरीलाई उपाध्यक्ष चयन गरेका हुन् । उपाध्यक्ष चयनसँगै उनलाई नाडाको सवारी कमिटिको सभापतिमा पनि मनोनित गरिएको छ । त्यस्तै, उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा सुवाश आचार्य र ढकाल चयन भएका छन् ।

त्यस्तै महासचिवमा सुनिल रिजाल, सचिवमा अनुप बराल, कोषध्यक्षमा सुरेन्द्र उप्रेति र सहकोषाध्यक्ष बिक्रम सिंघानिर्या चयन भएका छन् । उनीहरु यसअघिको कार्यसमितिमा समेत सोही पदमा थिए।

पदाधिकारी चयनसँगै नवनिर्वाचित अध्यक्षले पदस्थापन पनि गरेका छन् । पदस्थापनका क्रममा निवर्तमान अध्यक्ष शम्भु दाहालले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद दुलाललाई पदस्थापन गराएका थिए । नवनिर्वाचित कार्यसमितिका सदस्यहरुबाट अध्यक्षले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

Advertisement

Advertisement

Advertisement