मन्त्री-वैद्य विवाद सतहमा, टर्किस हटाइयो, नेपाल एयरलाइन्स अब भ्रमण बर्षको आधिकारिक वायुसेवा

Advertisement

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायसेवालाई भ्रमण बर्षको आधिकारिक वायुसेवा नियुक्त गरेपछि पर्यटन तथा नागरिक उड्डयन मन्त्री र भ्रमण बर्ष सचिवालयका संयोजक सुरज बैद्यबीचको विवाद सतहमा देखिएको छ ।

भ्रमण बर्षको आधिकारिक वायुसेवा विदेशी एयरलाइन्सलाई बनाउनेलगायतका विषयमा भट्टराईले वैद्यसँग असन्तुष्टि जनाउँदै आएका थिए । दुई जनाबीचको विवादकै कारण मन्त्री भट्टराईले भ्रमण बर्षको उद्घाटन कार्यक्रमममा बोल्नेहरुको सुचीबाट वैद्यको नाम हटाउन लगाएका थिए ।

मन्त्री भट्टराई भ्रमण बर्षको संयोजकबाटै वैद्यलाई हटाउने योजनामा रहेको बेला भ्रमण बर्षको सचिवालयले टर्किस एयरलाइन्सलाई भ्रमण बर्षको आधिकारिक वायुसेवाबाट हटाएर नेपाल एयरलाइन्सलाई नियुक्त गरेको छ ।

नेपाल वायुसेवा निगम र सचिवालयबीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने भन्दै सम्झौता गरेका छन् । भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग गर्नेछन् ।

नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिने र सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पुर्याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ ।

यसबाहेक निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइनेछ । सम्झौतापत्रमा निगमकी निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चुनारायण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

भ्रमण बर्षको सचिवालयले गत पुस ४ गते टर्किस एयरलाइन्सलाई भ्रमण बर्षको आधिकारिक वायुसेवा तोकको थियो । महत्वपूर्ण जिम्मेवारी विदेशी एयरलाइन्सलाई दिएको भन्दै चर्को आलोचना हुन थालेपछि मन्त्री भट्टराईले वैद्यलाई निर्णय परिवर्तन गर्न दबाब दिएका थिए । तर वैद्यलय अटेर गर्दै आएपछि उनीहरुबीच विवाद बढेर गएको थियो ।

नेपाल एयरलाइन्स विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरुमा जाने तर टर्किस एयरलाइन्सलाई आधिकारिक बनाउँदा एउटा देशमा मात्रै प्रचार हुने भएकाले पनि नेपाल एयरलाइन्सलाई नै आधिकारिक बनाउन सुझाव आएको थियो ।

Advertisement

Advertisement

Advertisement