टाटा मोटर्सको दशैं वम्पर लक्की ड्रको घोषणा, ७६ जनाले प्राप्त गरे उपहार र विदेश भ्रमणको अवसर

Advertisement

काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा दशैं वम्पर लक्की ड्रको उपहार घोषणा कार्यक्रम सम्पन गरेको छ । टाटा मोटर्सले दशैं, तिहार लक्षित गरेर आफ्ना ग्राहकहरुको लागि विभिन्न आकर्षक पुरस्कारहरु सहित योजना हरेका बर्ष आयोजना गदै आएको छ ।

देशै भरबाट कुल १ हजार ७ सय ३२ जना ग्राहकहरुले उक्त लक्की ड्रमा सहभागिता जनाएका थिए । त्यसमध्ये ७६ जना भाग्यशाली ग्राहकहरुले विभिन्न उपहारहरु साथै विदेश भ्रमणको अवसर प्राप्त गरेका छन् ।

कुल विजेता मध्ये १३ जना ग्राहकहरुले एलजी को ३१० लिटर क्षमताको डबल डोर फ्रिज, १३ जनाले एलजी को ८ केजी क्षमताको वासिङ मेसिन, १३ जनाले सामसुङ्गको नोट टेन, १५ जनाले दुबई टुर, १५ जनाले सोनीको ५५ ईन्च फोर के इन्टरनेट टिभि र ७ जोडीले क्रुजमा घुम्ने अवसर प्राप्त गरेका छन् ।

Advertisement

Advertisement

Advertisement