विश्वभरका विश्वसम्पदाको प्रवद्र्धनका लागि भन्दै ‘हेरिटेज पेजेन्टस् २०२०’ आयोजनाको तयारी

Advertisement

काठमाडौं । सौन्दर्य प्रतियोगितामार्फत युनेस्कोका ऐतिहासिक सम्पदा सूचीमा परेका विश्व सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्न भन्दै सुरु गरिएको ‘हेरिटेज पेजेन्टस् २०२०’को तयारी अगाडि बढाइएको छ ।

प्रतियोगिताका सहभागी र विजेताको दायित्व कर्तत्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नुपर्ने हुन्छ । यस पटकको आयोजना मलेसियामा आउँदो अप्रिल ११ देखि २० सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा अप्रिल १८ मा हुनेछ । यस पटकको हेरिटेज् पेजेन्टस् २०२० अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को उपाधि लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा नेपाल लगायत विश्वका ४० मुलुकका ५० प्रतिस्पर्धीहरु सहभागी हुनेछन् ।

इप्लानेट प्रालीको आयोजनामा संचालन हुने यस पटकको प्रतियोगितामा सहभागी हुन मिस तर्फ १८ देखि २७ वर्ष उमेर समूहभित्र तथा मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर समूह भित्रकाले सहभागिता जनाउन पाउने प्रावधान राखिएको छ ।

Advertisement

Advertisement

Advertisement