सुनको मूल्य घट्ने क्रम जारी, तोलामा दुई सय सस्तियो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनचाँदी व्यावसायी महासंघका अनुसार गत मंगलबार ७५ हजार नौ सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज दुई सय रुपियाँले घटेर प्रतितोला ७५ हजार सात सय रुपियाँ कायम भएको हो ।

त्यस्तै, आज महासंघले तेजाबी सुन प्रतितोला ७५ हजार चार सय रुपियाँ कायम गरेको छ । त्यसैगरी, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार ९०० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६४ हजार ६४५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८७५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५० रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement