एमसीसी नलिने श्रीलंकाको निर्णय, नेपाललाई पनि दबाब

Advertisement

काठमाडौं । श्रीलंकाले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ञ कर्पाेरेशन(एमसीसी)को सहयोग नलिने निर्णय गरेको छ ।

श्रीलंकाको मन्त्रिपरिषद बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने निर्णय गरेको हो । श्रीलंकाले एमसीसीमा रहेका देश हितका बुँदाहरु संसोधनबारे भने छलफल गर्ने निर्र्णय गरेको श्रीलंकान सरकारका प्रवक्ता बन्डुवाल गुणवर्द्धनेले बताए ।

प्रधानमन्त्री महिन्द्रा राजापाक्षेले एमसीसी सम्झौताको अध्ययन गर्न ४ सदस्यि कार्यदल गठन गरेका थिए । सोही कार्यदलको प्रतिवेदन मन्त्रिपरिषदमा पेश गर्दै यथास्थितिमा एमसीसी स्वीकार नगर्ने निर्णय भएको हो । श्रीलंकामा एमसीसी मार्फत ४८० मिलियन अमेरिकी डलर लगानी गर्ने भनिएको थियो । 'देशको भू उपयोग नीति नै बदल्नुपर्ने सर्त राखिएको भन्दै एमसीसीको व्यापक बिरोध भैरहेको थियो ।'-श्रीकंकाको राजधानी कोलम्बोबाट प्रकाशित हुने 'द सनडे मर्निंग' अनलाइनले लेखेको छ ।

श्रीलंकाले यथास्थितिमा एमसीसी नलिने निर्णय गरेसँगै नेपाललाई पनि दबाव परेको छ । सत्ता रुढ नेकपाले गठन गरेको कार्यदलले पनि यथास्थितिमा एमसीसी स्वीकार गर्न नहुने प्रतिवेदन तयार पारेको थियो । श्रीलंकाले अस्वीकार गरेपछि नेपालमा पनि एमसीसीका विरुद्धमा थप जनमत खडा हुनेछ ।

Advertisement

Advertisement

Advertisement