क्रिकेटमा खस्कियो नेपाल, ‘टि ट्वान्टी’ वरियतामा तीन स्थान तल

Advertisement

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको ‘टि ट्वान्टी’ वरियतामा नेपाल तीन स्थान तल झरेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल तीन स्थान तल झर्दै १५ औँ स्थानमा पुगेको हो । यसअघि नेपाल १२ औँ स्थानमा थियो । ‘टि ट्वान्टी’ वरियतामा नेपाल हालसम्म ११ औँ स्थानसम्म पुगेको छ ।

एसोसियट राष्ट्रमा भने नेपालभन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १२ र युएई १४ औँ स्थानमा रहेको छ । ‘टि ट्वान्टी’ वरियताको शीर्ष स्थानमा पाकिस्तान रहेको छ भने अष्ट्रेलिया दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, भारत चौंथो तथा दक्षिण अफ्रिका पाँचाँै स्थानमा छ । एक दिवसीय वरियतामा भने नेपाल यथावत् रहेको छ । नयाँ वरियताअनुसार नेपाल १६ औँ स्थानमा रहेको छ ।

Advertisement

Advertisement

Advertisement