बैशाख ११ गतेदेखि डिसहोम सिनेमा घरमा ‘छ माया छपक्कै’, च्यानल नम्बर ८८८ मा दैनिक ८ शो

Advertisement

काठमाडौँ । नेपाली कथानक चलचित्र ‘छ मायाँ छपक्कै’ डिस मिडिया नेटवर्कद्वारा सञ्चालित डिसहोम सिनेमाघरमा वैशाख ११ गतेबाट डिसहोम सिनेमाघर च्यानल नम्बर ८८८ मा प्रदर्शन हुने भएको छ ।

अहिले मुलुकभरका आमनागरिक घरघरमा लकडाउन को पालना गरी घरभित्रै बस्नु परेको अवस्था छ । आमनागरिकको मानसिक तनावलाई कम गर्ने उद्देश्यले डिसहोम सिनेमाघरमा च्यानल नम्बर ८८८ मा चलचित्र ‘छ मायाँछपक्कै’ दैनिक ८ शो प्रदर्शन हुने कम्पनीले जनाएको छ ।

डिसहोम सिनेमाघर फिल्म सञ्चालन गर्न आइभिआर नम्बर ९८०११९०९९० मा फोन गरेर अथवा मोवाइलबाट ३२५०० वा ३२५८० मा साधारण एसएमएस पठाएर पनि चलचित्र सजिलै खुलाउन सकिन्छ । त्यस्तैगरी सिनेमाघर खुलाउने अर्को विधि भनेको डिसहोम ग्राहक सेवा केन्द्र १६६० ०१ २२०००, ०१ ४२१७६६६ र ९८०११५५००० मा फोन गरेर अथवा नजिकको डिसहोम विक्रेतासँग सिधै सम्पर्क गरेर पनि डिसहोम सिनेमाघर खुलाउन सकिने कम्पनीले जनाएको छ ।

डिसहोमले ग्राहकहरुको मनोरञ्जन लाई ध्यानमा राखेर विगत तिन वर्षदेखी सिनेमाघर च्यानल संचालनमा ल्याइको छ। ‘छ माया छपक्कै’ डिशहोमको च्यानल नम्बर ८८८ मा २२५ रुपैयाँ तिरेर सपरिवार हेर्न सकिने छ ।

Advertisement

Advertisement

Advertisement