कुमारी र देवः विकासले एकैदिन बोलाए विशेष साधारण सभा, एक्वीजिशन प्रस्ताव पारित गर्ने

Advertisement

काठमाडौँ । कुमारी बैंक लिमिटेडको विशेष साधारण सभा जेठ १९ गते हुने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले बैंक परिसर नक्सालमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

देवः विकास बैंकलाई प्राप्ति(एक्वीजिशन) गर्ने प्रस्ताव पारित गर्न उक्त विशेष साधारण सभा गर्न लागिएको कम्पनी सचिव अनुजमणि तिमल्सिनाले बताए । कुमारीले देवःलाई एक्वीजिशन गर्ने बारे यसअघि नै प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर भइसकेको छ ।

विशेष साधारण सभा प्रयोजनका लागि जेठ ७ गते १ खिन शेयरधनी दर्ता पुस्तिका बन्द(बुक क्लोज) गर्ने निर्णय पनि सञ्चालन समितिले गरेको छ ।

यसैबीच देवः विकास बैंकको साधारण सभा पनि जेठ १९ गते नै हुने भएको छ । केन्द्रीय कार्यालय बीणमार्ग लालदरबार काठमाडौँमा बिहान ११ बजे विशेष साधारण सभा गर्ने निर्णय भएको कम्पनी सचिव सागर ताम्राकारले बताए । देवः को विशेष साधारण सभाले समेत कुमारीमा एक्वीजिशन हुने विशेष प्रस्ताव पारित गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement