सबै अमेरिकी नागरिकको बैंक खातामा १४०० डलर पठाउँदै बाइडेन, १.९ ट्रिलियन डलरको राहत प्याकेज

Advertisement

काठमाडौं ।  अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडनले १.९ ट्रिलियन डलरको प्रोत्साहन प्याकेज घोषणा गरेका छन् । यो आकार भारतीय अर्थतन्त्रको आधा भन्दा ठूलो हो । भारतीय अर्थतन्त्र करिब ३ ट्रिलियन डलरको मात्रै छ । यसअघि पनि अमेरिकाले राहत प्याकेज दिईसकेको थियो । 

बाइडनले कार्यभार सम्हाल्नु एक हप्ता अघि नै राहत प्याकेज अघि सारेका हुन् । कोरोना प्रभावित अर्थतन्त्र सुधारका लागि यो राहत उपयोग गरिनेछ । अमेरिकी कँग्रेसले अनुमति दिएपछि राहत प्याकेज कार्यान्वयनमा आउनेछ । सो रकममध्ये एक ट्रिलियन डलर सिधै अमेरिकी नागरिकहरुको खातामा जानेछ । हरेक अमेरिकी नागरिकले एक हजार ४ सय डलर राहत पाउनेछन् । 

Advertisement

४१५ अर्ब डलर कोरोनासँग लड्नका लागि विनियोजन गरिएको छ भने ४४० अर्ब डलर साना व्यवसायीलाई मद्दत गर्न छुट्याईएको छ । डेमोक्रेटिक पार्टीका बाइडनले तीन लाख ८५ हजार अमेरिकी नागरिकको ज्यान लिएका कोरोना भाइरससँगको युद्ध जित्ने बताएका थिए । बाइडनले मानविय संकट गहिरिएकाले थप समय वर्वाद हुने सम्भावना बढेको र मुलुकको स्वास्थ्य दाउमा लागेकाले आफु इमानदार भएर काम गर्ने बताएका छन् । 

के छ योजना ? 
बाइडनले २० अर्ब डलर अमेरिकी नागरिकको कोभिड खोपका लागि खर्च गर्ने बताएका छन् । दुरदराजका गाउँमा कोरोना भ्याक्सिन बोकेर मोबाइल युनिट पठाइनेछ । बाइडनले एक सय दिनमा १० करोड भ्याक्सिन उपलब्ध गराउने बताएका छन् । कोरोना परिक्षणका लागि मात्रै ५० अर्ब डलर खर्च गर्ने योजना बाइडनले बनाएका छन् । १३० अर्ब डलर भने शैक्षिक संस्था सञ्चालनका लागि छ । त्यस्तै, एक लाख जनस्वास्थ्यकर्मीहरु नियुक्त गरेर कन्स्ट्रयाक ट्रेसिङमा खटाइनेछ । 

अर्थ व्यवस्था सम्बन्धी योजना 
कोरोनाका कारण एक करोड ८० लाख अमेरिकी नागरिकहरु बेरोजगार भएका छन् । बेरोजगारी भत्ता प्रत्येक हप्ता ३ सय डलरबाट बढाएर ४ सय डलर बनाउने योजना छ । कसैलाई पनि घर भाडा तिर्न नसकेको भन्दै घर निकाला नगराउने सुबिधा पनि छ । यसै प्रस्ताव मार्फत हरेक अमेरिकी नागरिकको बैंक खातामा सिधै एक हजार ४ सय डलर रुपैयाँ पठाइनेछ । पछिल्लो महिना पनि ६ सय डलर उपलब्ध गराइएको थियो । बाइडनले न्युनतम तलब पनि १५ सय डलर गर्ने प्रस्ताव कँग्रेसमा पेश गर्नेछन् । 

Advertisement

Advertisement