भारतको अनुदान योजनाः भुटानलाई ३० अर्ब भारु, नेपाललाई जम्मा नौ अर्ब भारु

Advertisement

काठमाडौं । भारतले छिमेकीहरुलाई दिन लागेको अनुदानमा निकै अन्तर देखिएको छ । भारतले नेपालभन्दा निकै सानो मुलुक भुटानलाई आर्थिक बर्ष २०२१–२२ का लागि ३० अर्ब रुपियाँ दिने भएको छ । तर, नेपाललाई भने जम्मा नौ अर्ब ४० करोड भारु (१५ अर्ब ८७ करोड रुपियाँ) दिने प्रस्ताव गरेको छ । 

यद्यपि नेपाललाई दिन लागिएको अनुदान एक अर्ब १२ करोड भारु वृद्धि गरेर त्यति पुगेको हो । जलस्रोत, सुरक्षा, अन्तर्राष्ट्रिय सम्वन्ध हेर्ने जिम्मा भारतलाई सुम्पिएको भुटानले उत्साहजनक अनुदान पाउँदै आएको छ । यस पटक पनि नेपालले पाउने भन्दा तीन गुणा बढि अनुदान भुटानले पाउन लागेको हो । 

Advertisement

भारतीय वित्तमन्त्री निर्मला सीतामरणले आउँदो आर्थिक बर्षका लागि प्रस्तुत गरेको केन्द्रीय बजेटमा पाकिस्तानबाहेक दक्षिण एसियाका बाँकी सबै मुलुकका लागि अनुदान प्रस्ताव गरिएको छ । जसमा सबैभन्दा धेरै भुटानले पाउने छ भने कम बंगलादेश र श्रीलंकाले पाउने छन् । उनीहरु दुवै मुलुकले दुई दुई अर्ब भारु अनुदान पाउने छन् । 

त्यस्तै, अफगानिस्तानलाई तीन अर्ब ५० करोड, म्यानमारलाई चार अर्ब भारु, माल्दिभ्सलाई दुई अर्ब ५० करोड भारु प्रस्ताव गरिएको छ । 

Advertisement

Advertisement