सर्वोच्चको फैसलापछि रञ्जन कोइराला पक्राउ
File Photo

Advertisement

काठमाडौँ । सर्वोच्च अदालतले जन्मकैदको सजाय नघटाउने फैसला गरेसँगै पत्नी हत्याका दोषी सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला पक्राउ परेका छन् । 

उनलाई बानेश्वरस्थित एक घरबाट पक्राउ गरिएको हो । सर्वोच्चले यसअघि जन्मकैदको सजायलाई घटाएर साढे आठ वर्ष कैद कायम गरेपछि उनी २०७७ साउन ८ गते डिल्ली बजार कारागारबाट छुटेका थिए ।

Advertisement

बिहीबार कामु प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीश टंक मोक्तान र कुमार चुँडालको पूर्ण इजलासले कोइरालालाई कैद छुट दिने यसअघिको सर्वोच्चको फैसला उल्ट्याएर जन्मकैद नै कायम गरिदिएपछि उनलाई आज पक्राउ गरिएको हो । 

Advertisement

Advertisement