Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सरकारको अदूरदर्शी नीतिका कारण अर्थतन्त्र समस्यामा परेको गुनासो गरेका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले लकडाउनका कारण अधिकांश उद्योग बन्द प्रायः रहेको र आफूले सञ्चालन गर्दै आएको औषधि उद्योग पनि न्यून क्षमतामा सञ्चालन भइरहेको, न्यून परिमाणमा भइरहेको औषधि बिक्रीवापतको भुक्तानी पनि नउठेको बताउँदै तर धेरै उद्योग व्यवसायको अवस्था भने निकै दयनीय भइसकेको बताए । कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठका छोरासमेत रहेका उमेशलालले यस्तो प्रतिकुल अवस्थामा पनि सरकारले अग्रिम कर बुझाउ भन्नु जनतालाई के लाग्यो होला ? भन्दै भने, ‘हामीले अकुत सम्पत्ति कमाएर कहीं लुकाएर राखेको होला, त्यही भएर महंगा गाडी र घरजग्गा बेचेर तिर्न आउँछन् भनेको होला ।’ कोरोना नियन्त्रणमा सरकारको ध्यान जानु सकारात्मक भए पनि अर्थतन्त्रपट्टि ध्यान नजानु दुखदायी कुरा भएको उनको तर्क छ । उनले जुन उद्देश्यले लगाउन लागू गरिएको हो, त्यो असफल भइसकेको भन्दै श्रेष्ठले लकडाउन लागू गर्दा ३–४ जना कोरोना संक्रमित भेटिएकोमा अहिले चार हजार नाघिसकेको औंल्याए ।

Advertisement

आफूहरुले सरकारसँग राहत नभई उद्योग सञ्चालन गर्ने वर्किङ क्यापिटलका लागि सुलभ दरमा ऋण मात्रै मागेको हो भन्दै उनले पैसा एक ठाउँबाट अर्को ठाउँमा नसरेसम्म भ्यालु एड हुँदैन, त्यस्तो सामान्य कुरा पनि सरकारले नबुझेको बताए । श्रेष्ठले सहुलियत दरमा मागेको ऋण सित्तैमा खान मागेको होइन्, त्यो जनताको पैसा हो, हामी फिर्ता गरिहाल्थ्यौं भन्दै तर सरकारले गाडि चढ्नेहरुलाई किन राहत दिने भन्नेतर्फ गएको गुनासो गरे । थप कुराकानी भिडियोमाः

Advertisement