म्यानमारमा सेनाद्धारा ‘कू’, आङ सान सूकीसहित नेताहरु हिरासतमा

Advertisement

काठमाडौँ । म्यानमारमा नेसनल लिग फर डेमोक्रेसी पार्टी (एनएलडी)की सर्वोच्च नेता आङ सान सू कीलाई त्यहाँको सेनाले हिरासतमा लिएको छ ।

सु कीको पार्टीले एक वक्तव्य जारी गरी यसबारेमा जानकारी दिएका छन् । केही सयमदेखि म्यानमारमा सरकार र सेनाबीच तनाव देखिएको थियो । सेनाद्वारा ‘कु’ हुने आशंका गरिएकै बेला सु कीलाई गिरफ्तार गरिएको हो ।

Advertisement

गत नोभेम्बर महिनामा भएको चुनावमा सु कीको पार्टी एनएलडी प्रचण्ड मतसहित विजयी भएको थियो । तर सेनाले भने चुनावमा व्यापक धाँधली भएको दाबी गर्दै आएको थियो । सेनाले सोमबारका लागि निर्धारित संसद् बैठक स्थगित गर्न आह्वान गरेको छ । एनएलडीका प्रवक्ताले समाचार संस्था रोयटर्सलाई दिएको जानकारीअनुसार सु कीसहित राष्ट्रपति विन मिन्ट र अन्य नेताहरुलाई पनि सेनाले हिरासतमा लिएको छ ।

बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ । 

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement