आधार दर घट्दा ऋणको ब्याजदर अझै घट्दै

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष (आव)को शुरूदेखि नियन्त्रणमा आएको वाणिज्य बैंकहरूको आधार दर दोस्रो त्रैमासमा झन् घटेको छ । विशेष गरेर बैंकहरूले धमाधम निक्षेपको लागत घटाएपछि आधार दरसमेत घटेको हो । आधार दर घटेसँगै ऋणीहरूले कम ब्याजदरमा कर्जा पाउनेछन् ।

सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकको पुस मसान्तमा आधार दर क्रमशः घटेर सबैभन्दा कम ५ दशमलव ६१ प्रतिशतदेखि सबैभन्दा बढी ८ दशमलव ४५ प्रतिशत पुगेको छ । यसअवधिमा सबैभन्दा कम आधार दर सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकको रहेको छ । सबैभन्दा बढी आधार दर सिभिल बैंकको रहेको छ । एक वर्ष अघिसम्म बैंकहरूको आधार दर दोहोरो अंकसम्म रहेको थियो । जसले गर्दा कर्जाको ब्याजदरसमेत उच्च थियो । तर, चालू आवमा भने बैंकहरूको आधार दर एकल अंकमा झरेको छ ।

Advertisement

गत आवको दोस्रो त्रैमासकोे तुलनामा वाणिज्य बैंकहरूको आधार दर न्यूनतम शून्य दशमलव ९९ प्रतिशत विन्दुदेखि २ दशमलव ५३ प्रतिशत विन्दुसम्म घटेको छ । यसअनुसार बैंकहरूको आधार दर गत आवको दोस्रो त्रैमासको तुलनामा औसत २ दशमलव ३० प्रतिशत विन्दुले घटेरको छ । यसरी घटेर चालू आवको पुसमा आधार दर औसत ७ दशमलव १९ प्रतिशतमा सीमित छ ।

आर्थिक अभियान दैनिकबाट ।

Advertisement

Advertisement