पार्टी विवादबारे कुरा गर्न प्रधानमन्त्री ओली आज निर्वाचन आयोग जाने

Advertisement

काठमाडौँ । निर्वाचन तयारी र आफ्नो पार्टी नेकपाभित्रको विवादलगायतका विषयमा कुराकानी गर्न प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग जाँदै छन् ।

आयोगले यसअघि नेकपाका दुवै शीर्ष नेतालाई छलफलका लागि बोलाएको थियो तर दुवै पक्षले आफ्ना प्रतिनिधि मात्रै पठाएका थिए ।

Advertisement

लगत्तै पार्टीको आधिकारिकता दाबी गर्न नेकपाका पुष्पकमल दाहाल र माधव नेपाललगायतका नेताहरू आयोग पुगेका थिए । प्रधानमन्त्री ओली भने पार्टीमा विवाद सुरु भएपछि आयोग गएका छैनन् ।

ओली जसरी पनि निर्वाचनमा जानुपर्ने पक्षमा छन् । त्यसैले उनले आयोगले चुनावी कार्यक्रम अघि बढाउनुपर्ने धारणा राखिरहेका छन् । यसै सन्दर्भमा चुनावका कार्यक्रमलगायत विषयमा आयोगको ध्यानाकर्षण गराउन उनी आयोग पुग्न लागेको स्रोतले जनाएको छ । बिहान ११ बजे ओली आयोग जाने तयारी छ ।

Advertisement

Advertisement