महालक्ष्मी विकास बैंकमा सात करोड अनियमितता, केन्द्रीय व्यवस्थापनसमेत संलग्न

Advertisement

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले महालक्ष्मी विकास बैंकको सुन कर्जामा भएको सात करोड अनियमितता नियमन तथा सुपरीवेक्षणको कमजोरीले भएको निष्कर्ष निकालेको छ । सिआइबीले बैंकको केन्द्रीय व्यवस्थापनको लापरबाही देखिएको भन्दै उनीहरूमाथि समेत कारबाही गर्न सिफारिस गरेको छ । 

महालक्ष्मी बैंकको कुमारीपाटी शाखामा करिब पाँच किलो सुन राखेर १७ किलो सुन राखेको कागज बनाई सोहीअनुसार कर्जा प्रवाह गरेर हिनामिना भएको थियो । १२ पटक यसरी वास्तविक सुनभन्दा धेरै सुन रहेको कागज बनाएर कर्जा दिइएको थियो । सुन कर्जासम्बन्धमा बैंकले कार्यविधि नबनाएको र नियमनसमेत नहुँदा आठ वर्षदेखि सो शाखाबाट यसरी अनियमितता भएको सिआइबीको निष्कर्ष छ । 

Advertisement

बैंकले यससम्बन्धी कुनै कार्यविधि पनि नबनाउनु र अनुगमनसमेत नगर्नु अनियमितताको कारण भएको सिआइबीको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । सो प्रकरणमा गत सोमबार उच्च अदालत पाटनमा मुद्दा दायर भइसकेको छ । सिआइबीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement