गौरवका आयोजनामा २० प्रतिशत पनि पुँजीगत खर्च हुनसकेन्

Advertisement

काठमाडौँ । बजेटको अर्धवार्षिक समीक्षा अवधिमा कम खर्च गर्नेमा गौरवका २२ आयोजना छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकनअनुसार समग्र गौरवका आयोजनामा विनियोजित बजेटको १५ दशमलव १९ प्रतिशत मात्र खर्च भएको पाइएको छ । त्यसमा करिब एक दर्जन आयोजनाले २० प्रतिशतभन्दा कम बजेट खर्चिएका छन् ।

सबैभन्दा कम खर्च गर्नेमा सुनकोसी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना छ । यसले पुँजीगततर्फ ४ करोड ४० लाख बजेटमध्ये २ दशमलव ८ प्रतिशत मात्र खर्च गरेको छ । 

Advertisement

त्यस्तै आर्थिक वर्ष २०५५–५६ बाट निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजनाले पुँजीगततर्फ २९ करोड १५ लाख रुपियाँ अर्थात् ५ दशमलव ८९ प्रतिशत मात्र खर्चिएको छ । लामो समयदेखि निर्माणको अन्तिम चरणमा रहेको भनिए पनि अझै आयोजना सम्पन्न हुन सकेको छैन । अहिलेसम्म आयोजनाको भौतिक प्रगति ९८ दशलमव ५ प्रतिशत छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement