‘फ्रोजन फुड’बाट स्वास्थ्यमा नकारात्मक असर

Advertisement

काठमाडौं। अहिले बजारमा ‘फ्रोजन फुड’को लोकप्रियता बढ्दै गइरहेको छ । ‘फ्रिज’मा भण्डार गरिएको वा ‘फ्रिजिङ’ प्रक्रियाद्वारा सुरक्षित गरिएको खाना ‘फ्रोजन फुड’ हो । 

सजिलो तथा समय बचतको हिसाबले अहिले मानिसले ‘फ्रोजन फुड’ खरिद गरेर खाने गरेको पाइन्छ तर यसले जनस्वास्थ्यलाई नकारात्मक असर गर्ने पोषद्विदको भनाइ छ  । यस प्रक्रियामा खानालाई चिस्याएर राखिने गरिन्छ । 

Advertisement

बजारमा फ्रोजन मःमः, फ्रोजन पिज्जा, फ्रोजन पास्ता, यःमरी, मटर, लगायत तरकारीदेखि माछा मासु पनि फ्रोजन नै पाउन थालिएको छ । व्यस्त दैनिकी तथा पकाउने कला नभएकाले मानिस बजारमा बनेका वा लामो समयसम्म फ्रिज गरिएका खानेकुरा खान थालेको पोषणविद् डा. अरुणा उप्रेती बताउँछिन् । 

गोरखापत्र दैनिकबाट ।

Advertisement

Advertisement