टुँडिखेलमा उपराष्ट्रपतिलाई थर्काए प्रधानमन्त्रीले

Advertisement

काठमाडौं । ७ फागुन, प्रजातन्त्र दिवस । टुँडिखेलमा आयोजित समारोह सकिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी हिँड्छ । राष्ट्रपतिको सवारी बाहिरिनुअघि नै प्रधानमन्त्री केपी ओली उपराष्ट्रपति नन्दबहादुर पुन उभिएको स्थानमा जान्छन् । जब कि सबै अतिथि गण र सुरक्षाकर्मी उभिएर राष्ट्रपति भण्डारीको बिदाइ गरिरहेका थिए र उपराष्ट्रपति पुनको बिदाइका लागि पर्खिरहेका थिए । त्यहीवेला उपराष्ट्रपति पुनको अगाडि उभिएर केही भनिरहेका प्रधानमन्त्री ओलीको हाउभाउ अस्वाभाविकजस्तो देखिन्छ । 

यो दृश्यका विषयमा चासो राख्दा स्रोतले भन्यो, ‘संसद् विघटनको विरोधमा उपराष्ट्रपतिले सार्वजनिक अभिव्यक्ति दिएकोमा प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिसँग अभद्र व्यवहार नै गर्नुभयो । तपाईँले संसद् विघटनको किन विरोध गरेको ? आखिर के गर्न खोज्नुभएको हो भन्दै उपराष्ट्रपति पुनसँग आक्रोश व्यक्त गर्नुभयो ।’ जवाफमा उपराष्ट्रपति पुनले ‘तपाईंले असंवैधानिक कदम र गतिविधि गर्ने, मैले संविधान र जनताको अधिकारको कुरा गर्न किन नहुने ?’ प्रतिप्रश्न गरेका थिए । 

Advertisement

प्रधानमन्त्रीले बोल्दै गर्दा उपराष्ट्रपति पुनको ‘बडी ल्यांग्वेज’ नै असहज भएको थियो । 

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement