विपन्न वर्गमा कर्जा प्रवाह बढेर दुई खर्ब पुग्यो

Advertisement

काठमाडौँ । पछिल्ला महिनामा विपन्न वर्गमा प्रवाह हुने कर्जा उल्लेख्य बढेको छ । लकडाउनका कारण चालु आर्थिक वर्षको दोस्रो महिनासम्म यस्तो कर्जा घटेको थियो । गत असोजपछि यस्तो कर्जा बढ्न थालेको हो । गत पुससम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा साढे २ खर्ब रुपियाँ कर्जा प्रवाह गरेका छन् । चालु आर्थिक वर्षको ६ महिनासम्म प्रवाह भएको कर्जा हो यो ।

गत आर्थिक वर्षको ६ महिनासम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा प्रवाह भएको यस्तो कर्जा करिब २१ प्रतिशत बढेको हो । २०७६ पुससम्म बैंक तथा वित्तीय संस्थाले विपन्न वर्गमा २ खर्ब २ अर्ब रुपियाँ कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा सो अवधिमा यस्तो कर्जा करिब १४ प्रतिशत बढेको थियो ।

Advertisement

लकडाउनका कारण विगतमा बैंकहरूको समग्र कर्जा घटेकाले विपन्न वर्गमा जाने कर्जामा पनि कमी आएको बैंकर्स संघले जनाएको थियो । अहिले अवस्था सहज बन्दै गएकाले कर्जा प्रवाह बढ्दै गएको संघले बताएको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement