रासायनिक मल कारखानाको स्थापनाका लागि डीपीआर गर्ने जिम्मा भारतीय कम्पनीलाई

Advertisement

काठमाडौं । नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न विस्तृत संभाव्यता अध्ययनका लागि लगानी बोर्ड र भारतीय परामर्शदाता कम्पनी इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कर्पोरेशन– कर्नाटका (इडेक)बीच सम्झौता भएको छ । 

सम्झौतापत्रमा बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेस पन्त र इडेकका अन्तर्राष्ट्रिय व्यापार प्रमुख पद्यमनाभन नैरले शुक्रबार हस्ताक्षर गरेका छन् । इडेकको स्थानीय साझेदारको रुपमा इन्ष्टिट्युशन अफ एग्रिकल्चरल टेक्नोलोजिष्ट र शाह कन्सल्ट्यान्ट इन्टरनेशनल प्रा.लि. छन् ।

Advertisement

सम्झौताअनुसार हस्ताक्षर भएको मितिबाट १२ महिनाभित्र कारखाना स्थापनाको विस्तृत संभाव्यता अध्ययन (डिपीआर) तयार गरी बोर्डलाई बुझाउनु पर्नेछ । साथै, सो कम्पनीले नेपालमा रासायनिक मल कारखाना स्थापनाको संभाव्यता, स्थापना भएपछिको आर्थिक तथा वित्तीय विश्लेषण, कारखाना स्थापना गर्न उपयुक्त प्रविधि, रोजगारी सिर्जना र बाताबरणीय प्रभाव मूल्याङ्कन लगायतका विषयमा अध्ययन गर्नेछ । 

सरकारी आँकडाअनुसार नेपालमा बर्षेनी करिव पाँच लाख टन रासायनिक मलको माग रहेको छ भने दुई लाखदेखि तीन लाख टन आयात हुने गरेको छ । 

 

Advertisement

Advertisement