आयल निगमले फेरि इन्धनको भाउ बढायो, पेट्रोल अब प्रतिलिटर रु. १२३

Advertisement

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । अन्तर्राष्ट्रिय बजार भाउ बढेको भन्दै निगमले आइतबार रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजल, मट्टितेल र हवाइ इन्धन (आन्तरिकतर्फ)को मूल्य प्रतिलिटर २–२ रूपियाँले बढाएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२३ रुपियाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १०६ रूपियाँ तथा हवाइ इन्धनको मूल्य प्रतिलिटर ७८ रूपिया पुगेको छ । एलपी ग्यास र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य भने यथावत् छ ।

Advertisement

मूल्य समायोजनपछि पनि १५ दिनमा एक अर्ब १० करोड रूपियाँ घाटा हुने निगमको भनाई छ । निगमले केही महिनादेखि लगातार इन्धनको भाउ बढाउँदै आएको छ । 

Advertisement

Advertisement