के हो सामूहिक लगानी कोष ? कुन कोषको अवस्था कस्तो ? (सूचीसहित)

Advertisement

काठमाडौं । पछिल्लो समय सामूहिक लगानी कोष (म्युचुअल फन्ड) मा लगानीकर्ताको आकर्षण बढ्दो छ । हाल नयाँ-नयाँ लगानी कोष पनि धमाधम आइरहेका छन् । सञ्चालनमा २१ वटा यस्ता लगानीकोषहरु छन् । 

अहिले सञ्चालनामा रहेका २१ सामूहिक लगानी कोषमध्ये वैशाख मसान्तसम्म अधिकांश कम्पनीको प्रतिइकाई मूल्य (न्याभ) घटेको छ । यस अवधिसम्म आउँदा तीन कोषको न्याभमा सामान्य सुधार आएको छ । बाँकी फन्डको न्याभमा गिरावट आएको छ ।  वैशाख मसान्तसम्म एनआईसी एसिया डाईनामिक डेब्ट फन्ड, सानिमा लार्ज क्याप फन्ड र कुमारी इक्यिटी फन्डको न्याभमा सामान्य सुधार देखिएको छ भने बाँकी कोषको न्याभ घटेको छ । 

Advertisement

सूचीकृत कम्पनीको सेयरमा लगानी
हाल सञ्चालनमा रहेका २१ सामूदायिक लगानी कोषमध्ये सूचीकृत कम्पनीको सेयरमा लगानी पनि आधाभन्दा धेरै फन्डको घटेको छ । एक महिनाको अवधिमा यस्ता कम्पनीको सेयरमा आठ वटा फन्डले लगानी बढाउन सफल भएको छ भने १३ कम्पनीको घटेको छ । सेयर बजारले अहिलेसम्म अलटाईम हाई रेकर्ड बनाउँदा पनि सामूदायिक लगानी कोषको प्रगति खासै उत्साहजनक नदेखिएको जानकारहरू बताउँछन् । 

वैशाख मसान्तसम्म आउँदा ग्लोबल आईएमई समुन्नत योजना, एनआईबीएल प्रगति फन्ड, एनआईबीएन समृद्धि फन्ड १, सानिमा इक्विटी फन्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २, सिद्धार्थ इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड, कुमारी इक्विटी फन्ड र नबिल इक्विटी फन्डले सूचीकृत कम्पनीको सेयरमा लगानी बढाउन सफल भएका हुन । बाँकी फन्डको भने यस्तो लगानी घटेको छ ।

बैंक मौज्दात
वैशाख मसान्तसम्म आउँदा आठ फण्डले बैंक मौज्दात बढाउन सफल भएका छन् । बाँकी १३ फन्डको बैंक मौज्दात घटेको देखिन्छ । एक महिनामा सनराईज फस्र्ट म्यूचुअल फन्ड, एनएमबी–५०, एनएमबी हाईब्रिड फन्ड एल–१, एनआईसी एसिया ब्यालेन्स्ड फन्ड, नबिल इक्विटी फन्ड, नबिल ब्यालेन्स फन्ड–२, लक्ष्मी इक्विटी फन्ड र लक्ष्मी उन्नति कोषको बैंक मौज्दात बढेको देखिन्छ भने अन्य फण्डको मौज्दात घटेको छ । 

के हो म्युचुअल फण्ड ?
सामूहिक लगानी कोष जोखिम न्यूनीकरणका लागि लागत, लाभ र जोखिम बाँडफाँटको सहमतिमा धेरै लगानीकर्ताको लगानीमा सञ्चालित कोष हो । कुनै पनि कम्पनीको सेयर नभएर सामूहिक रुपमा कोषको संकलित रकम सेयर, ऋणपत्र, मुद्दतीजस्ता विविध लगानीका उपकरणमा नियमअनुसार लगानी गरी जोखिम र लाभ व्यवस्थापन गर्ने माध्यमनै सामूहिक लगानी कोष हो ।

नेपालमा सामूहिक लगानी कोष मूख्यतया दुई किसिमको मात्र सञ्चालनमा आएका छन् । ती हुन् बन्दमुखी सामूहिक लगानी कोष र खुलामुखी सामुहिक लगानी कोष । बन्दमुखी सामूहिक लगानी कोष भनेको निश्चित अवधिको लगानी कोष हो । उदारणको लागि केही समय अगाडि मात्र प्रभु क्यापिटलले सात वर्ष अवधिको लागि प्रभु सिलेक्ट फन्ड नामको सामूहिक लगानी कोष सञ्चालनमा ल्याएको छ । यस्तै, खुलामुखी सामूहिक लगानी कोष भन्नाले अनिश्चित अवधि वा दिर्घकालिन अवधिको लागि सञ्चालनमा ल्याइएको लगानी कोषलाई खुलामुखी सामूहिक लगानी कोष भनिन्छ । उदारणको लागि एनआईबिएल सहभागिता फन्ड लिन सकिन्छ । 

सेयर बजारमा म्युचुअल फन्डको एकाई विभाजन गरेर खरिद बिक्री गरिन्छ । फन्डमा सर्वसाधारणले लगानी गर्दा प्रतिइकाई १० रुपियाँको दरले लगानी गर्न सकिन्छ । सामूहिक लगानी कोषको बन्दमुखी योजना आईपीओको जस्तै आवेदन दिन सकिन्छ । यस्तो इकाई थोरैमा प्रतिइकाई १० रुपियाँको दरले एक सय इकाईको लागि आवेदन दिन मिल्छ । बन्दमुखी योजना दोस्रो बजारमा सूचीकृत कारोबार हुँदैन । तर, योजना व्यवस्थापनबाट प्रतिइकाई खुद सम्पत्तिको आधारमा निर्धारित मूल्यमा तोकिएको बिधिबाट किनबेच हुन्छ ।

Advertisement

Advertisement