वेभ सिरिज ‘माई वाइफ इज एन एलियन’को इन्डक्ल्याप

Advertisement

काठमाडौं । साइन्स फिक्सन वेभ सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपरहिरो सिनेमा ‘सुपर धने’ निर्माण घोषणा गरिएको छ । वेभ सिरिज ‘माई वाइफ इज एन एलियन’को शनिबार इन्डक्ल्याप गरिएको हो । 

यो वेभ सिरिजको आज ट्रेलर समेत रिलिज गरिएको छ । नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण भएको वेभ सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । सुमित सिंहको निर्देशन रहेको वेभ सिरिजको निर्माता दिनेश श्रेष्ठ छन् । 

Advertisement

वेभ सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् । वेभ सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।

साइन्स फिक्सन वेभ सिरिजको कार्यकारी निर्माता आरजे सिंह रहेका छन् ।  सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको रहनेछ । सिरिजमा विकास चौधरीको संगीत रहेको यो सिरिज जम्मा ५ एपिसोडको हुनेछ ।  

यही टिमको सहकार्यमा बन्ने सिनेमा ’सुपर धने’को अर्को वर्षको कार्तिक अर्थात नोभेम्वरबाट छायांकन थाल्ने बताएको छ । सिनेमा छायांकन नेपाल र युरोपमा गरिन निर्देशक सिंहले बताए ।

Advertisement

Advertisement