अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’मा देखिने

Advertisement

काठमाडौं । अभिनेता शिव श्रेष्ठ ‘लप्पन छप्पन २’ मा देखिने भएका छन् । बिहीबार एक कार्यक्रममा ‘लप्पन छप्पन २’ मा पाएको भूमिका आफूलाई मन परेको उनले प्रतिक्रिया दिए । 

मुकुन्द भट्ट निर्देशित चलचित्रमा शिवका अलावा सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, विशाल पहारी, दीपक क्षेत्री, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डालगायतका कलाकारको अभिनय रहेको छ । 

Advertisement

अभिनेता श्रेष्ठका समकालीन कलाकारहरु अभिनय क्षेत्रबाट हराइसकेका छन्, खासै सक्रिय छैनन् । तर, अभिनेता श्रेष्ठ निरन्तर चलचित्रमा काम गर्दै आएका छन् । उनी अभिनित नयाँ चलचित्र ‘लप्पन छप्पन २’ यही शुक्रवार (भोली)बाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रबाट आफूले ठूलो आशा गरेको अभिनेता श्रेष्ठले बताए ।

उनले ‘लप्पन छप्पन २’ का निर्देशक मुकुन्द भट्टको काम गर्ने शैली आफूलाई मन परेको बताए । भट्ट जस्तो निर्देशक नेपाली चलचित्र क्षेत्रलाई आवश्यक रहेको उनको भनाई छ । एक्सन ड्रामाको बर्गमा पर्ने यो सिनेमाको कथा पैसा र शक्तिको विषयमा घुमेको 

Advertisement

Advertisement