उद्योग व्यवसायलाई राहत दिन गठित कार्यदलले प्रतिवेदन बुझायो

Advertisement

काठमाडौं । भूकम्पपछि आपुर्ती व्यवस्थामा आएको असहज परिस्थितिमा उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्न गठित कार्यदलले सोमबार अर्थमन्त्री विष्णु पौडेललाई प्रतिवेदन बुझाएको छ । 

राजस्व सचिव राजन खनालको संयोजकत्वमा गठित कार्यदलमा उद्योग, वाणिज्य मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रबाट नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा चेम्बर अफ कमर्सका अध्यक्ष अध्यक्षहरु सदस्य रहेका थिए । 

Advertisement

प्रतिवेदन बुझदै मन्त्री पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित सुझावलाई तत्काल कार्यान्वयन गर्ने र अन्य मन्त्रालय र नेपाल राष्ट्र« बैकले कार्यान्वयन गर्नुपर्ने विषयहरु उनीहरुसँग समन्वय गरी कार्यान्वयन गर्ने, मन्त्रिपरिषदबाट निर्णय गराउनुपर्ने सुझावलाई तत्काल निर्णय गराई कार्यान्वयन गर्ने बताए । 

यसअघि उद्योगी व्यवसायीले नाकाबन्दी र तराईमा जारी बन्द हडतालका कारण उद्योग व्यवसाय चौपट भएको भन्दै राहत र प्रोत्साहनका लागि आप्mना माग लिएर अर्थ मन्त्रालय पुगेका थिए । ती विषयको सम्बोधनका लागि मन्त्री पौडेलले सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधि रहेको कार्यदल गठन गरेका थिए । 

 

Advertisement

Advertisement