पेट्रोलियम पदार्थको मूल्यवृद्धि यही ढंगले हुँदै गए प्रतिमहिना १० अर्ब घाटामा जान्छौंः निगम

Advertisement

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा अहिलेकै गतिमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदै गए प्रतिमहिना आफू १० अर्ब रुपियाँले घाटामा जाने नेपाल आयल निगमले बताएको छ । 

रुस र युक्रेनबीचको द्वन्द्वका कारण पछिल्लो समय डलरको मूल्य समेत अत्याधिक रुपमा बढ्दै गएकाले पेट्रोलियम पदार्थको मूल्य बढेको र निगमलाई प्रतिमहिना १० अर्ब रुपियाँसम्म घाटा हुने देखिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । 

Advertisement

निगमले अमेरिकी डलरको मूल्य ९५ रुपियाँ हुँदा निर्धारण गरेको मूल्य अहिले बढेर १५ दिनमा दुई अर्ब रुपियाँ नोक्सान र महिनाको पाँच अर्ब घाटामा पुगेको अवस्था रहेको छ । 

बुधबार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा बोल्दै उनले अब निगम घाटामा जाने कुरा मात्रै नभएर आगामी दिन खरीद गरेको पैसा कसरी तिर्ने ? भन्ने चिन्ता बढ्दै गएको बताए । 

चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म निगम करिव २८ अर्ब घाटामा गएको भट्टराईले जानकारी दिए । उनले २८ अर्ब घाटामध्ये १५ अर्ब खाना पकाउने एलपीजी ग्यासमा रहेको र प्रतिसिलिण्डर समेत ६६५ रुपियाँ घाटा रहेको बताए । 

अहिले निगमसँग पेट्रोलिय पदार्थ ८० देखि ८५ प्रतिशत अर्थात पाँच करोड लिटर मौज्दात रहेकोले आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको भट्टराईले बताए । 

उनले भने, ‘९५ डलरको मूल्यमा पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेका छौं । यो मूल्य कायम गर्दा आयल निगमलाई १५ दिनको अडाइ अर्ब रुपियाँ नोक्सानी र महिनाको पाँच अर्ब घाटामा निगम चलिरहेका थियौं । यसलाई व्यवस्थापन गर्न सकिन्छ कि भन्ने स्थितिमा थियौं । तर अन्तर्राष्ट्रिय परिस्थितिको कारण हामी रुस र युक्रेनबीच चलेको द्वन्द्वका कारण यसरी बढ्यो कि ९५ रुपियाँ डलर हुँदा पाँच अर्ब नोक्सानामा थियौं महिनामा । अब १२०, १२५, १३० डलर रुपियाँ पुग्दा महिनामा १० अर्बभन्दा बढी नोक्सानमा हुन्छौं । अब नोक्सानको मात्रै कुरा होइन । पैसा कसरी तिर्ने ?फन्ड कसरी व्यवस्थापन गर्ने ? संख्या कसरी व्यवस्थापन गर्ने ? खुल्ला छोड्ने हाकी ? कसो गर्ने भन्ने विषयमा निगम आन्तरिक गृहकार्यमा गर्ने भन्ने अत्यन्त चिन्तित छौं ।’

तत्काल निगमलाई पूरानो मूल्यअनुसार साउनदेखि फागुनसम्म करिव २८ अर्ब निगम घाटामा गइसकेको भट्टराईले बताए । उनले एलपीजी ग्यासमा २८ अर्बको नोक्सानमध्ये १५ अर्ब रहेको जानकारी दिए । भट्टराईले अब मूल्य बढेर आउँदा प्रतिसिलिण्डर कति नोक्सान हुने हो ? हिसाब गर्दा अतालिने अवस्था आएको बताए । 

उनले १५ दिनमा डिजेलमा एक अर्ब, पेट्रोलमा ७५ करोड र एलपीजीमा एक अर्ब २६ करोड नोक्सान रहेको तर १५ दिनमा अन्तर्राष्ट्रिय हजाइ इन्धनमा २४ करोड नाफा रहेको बताए । राष्ट्रिय हवाइ इन्धनमा छ करोड नाफा रहेको पनि भट्टराईले बताए । 

निगमसँग पेट्रोलिय पदार्थ ८० देखि ८५ प्रतिशत मौज्दात रहेको छ । निगमको भण्डार क्षमता सात करोड लिटर रहेकोमा साढे पाँच करोड लिटर मौज्दात रहेको बताउँदै उनले कति दिन धान्छ भनेर हिसाब गर्न छाडेको बताए । भट्टराईले पेट्रोलिय पदार्थ छैन भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । 

त्यस्तै कार्यकारी निर्देशक भट्टराईले निगमको सञ्चितिमा रहेको सबै नाफासमेत सक्किएको बताए । उनले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि अघिअघि निगम पछिपछि भएकाले अहिले यसस्थितिमा पुगेको दाबी गरे । 

भट्टराईले भने, ‘हामीले डिलर,आयातकर्ता, एयरलाइन्ससँग लिएका निक्षेप रकम तेल खरिदमा प्रयोग गरिसक्यौ । त्यतिले नपुगेर अहिले आन्तरिक रुपमा मुद्रा सञ्चिति कोषबाट धेरै रकम लिइसकेका छौं । १४ अर्ब थियो । अब चार अर्ब मात्रै बाँकी छ । यो बीचमा निगमले दुईदेखि तीन रुपियाँ मूल्यवृद्धि गर्दै गएका थियो । तर अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यले त्यो भ्याएन । मूल्यवृद्धि अघिअघि नियम पछिपछि लाग्यो । त्यसले गर्दा पेट्रोलमा १६ रुपियाँ, डिजेल ११ रुपियाँ घाटामा छौं । तर मूल्य पनि बढाइरहका छौं । जति अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भएको छ । त्यति हामीले मूल्य वृद्धि गर्न सकेका छैनौं । निगम अनुशासनमा बसेर मूल्यवृद्धि गरेको छ ।’

Advertisement

Advertisement