एक दर्जन बलिउड कलाकारसहित सलमान जेठ १४ मा नेपाल आउने, प्रेम आलेले गरे संवाद

Advertisement

काठमाडौं । कोभिड महामारीअघि भूमिगत राजनीति गर्दै आएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीको चेतावनीका कारण रोक्किएको बलिउड कलाकार सलमान खानको नेपाल भ्रमण अब भने सफल हुने देखिएको छ । 

उनी एक दर्जन बलिउड कलाकारसहित आउँदो जेठ १४ गते नेपाल आउने बुधबार आयोजित कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले सलमानसँग भिडियो सम्वाद गरेका थिए । 

Advertisement

ओडीसी नाम गरेको संस्थाले सलमानलाई नेपाल ल्याएर दशरथ रंगशालामा साङ्गीतिक कार्यक्रम गर्न लागेको हो । कोरोनापछि नेपालको अवस्था सामान्य भएको सन्देश दिन यो कार्यक्रम गर्न लागिएको भन्दै ओडीसीका प्रवन्ध निर्देशक सिमान्त गुरुङले कार्यक्रममा ३० हजार मानिस सहभागी गराइने बताए । 

Advertisement

Advertisement