माओवादीको दबाबमा ‘पिर’ गीतबाट देहव्यापारको दृश्य नहटाएको सपुतको जिकिर

Advertisement

काठमाडौं । गायक प्रकाश सपुतले पछिल्लो गीत पीरबाट हटाएको दृश्य कसैको दबाबमा नभई समाजको भावनालाई बुझेर हटाएको तर्क गरेका छन् । 

शुक्रवार पत्रकार सम्मेलन गर्दै उनले पीर गीतमा रहेको देहव्यापारसम्बन्धी  दृश्य माओवादी केन्द्रको दबाबमा नभई समाजको भावनालाई लिएर हटाएको तर्क गरेका हुन् । सपुतले उक्त सीनले समाजमा र त्यस्तै पेशामा आधारित मानिसहरुलाई झनै पीर परेको बताए । 

Advertisement

गीतबाट केही दृश्य हटाउनु परेको बताउँदै सपुतले जनयुद्ध लडेर समाज विकास नभएकोले निराश बनेकाहरु उक्त दृश्यबाट झनै चिन्तित बनेको बताए । उनले उक्त कुरालाई भावनात्मक रुपमा बुझिदिन पनि आग्रह गरे । 

सपुतले भने, ‘त्यहाँ छोडिएका प्रश्नहरु डिलिट गरेको भए, यदी त्यहाँ नेर लोकेन्द्र सरको भूमिकालाई हटाएको भए सायद म कसैको विचारबाट डराएँ, शक्तिबाट डराएँ, कुनै निश्चित समूहबाट डराएर हटायो भन्ने हुन्थ्यो, यसलाई भावनात्मक हिसावले सोचिदिनु हुन अनुरोध गर्दछु ।’ 

अभिनेत्री सुरक्षा पन्तले गीतको बारेमा आफूलाई पनि धेरै म्यासेजहरु आएको बताइन् । उनले गीतबाट उक्त दृश्य हटाउने कुरा गायक सपुतको नितान्त व्यक्तिगत कुरा रहेको बताइन् । अभिनेत्री पन्तले समाजमा भएका कुराहरुलाई भावनासँग जोड्दा राम्रो हुने सोचका साथ त्यो दृश्य हटाइएको बताए ।

पन्तले भनिन्, ‘मलाई पनि यस भिडियोको बारेमा केही कुराहरु आएका छन् । यो हटाउन नितान्त प्रकाशजीले काम गर्नुभएको हो । म भएको भए हटाउँदिन थिएँ । उहाँले समाजमा भएका सम्बन्धलाई भावनासँग जोडेर हटाउनु भएको हो । त्यो भाग हटाउँदा केही समाज सुधार हुन्छ भने किन नहटाउने भन्ने हिसावले हटाउनु भएको हो ।’

गायक सपुतको पछिल्लो गीत ‘पीर’मा माओवादीको सशस्त्र युद्धकालिन परिवेशमा लडेका लडाकुहरुको दुःख देखाइएको छ । त्यही दृश्यमाथि माओवादी नेता कार्यकर्ताले आपत्ति जनाएका हुन् ।  

Advertisement

Advertisement