प्राकृतिक रेसाजन्य उत्पादनको माग धेरै, उत्पादन न्यून

Advertisement

काठमाडौं । प्राकृतिक रेसाजन्य वस्तुहरुको माग विश्वबजारमा बढदै गए पनि त्यो अनुसार उत्पादन बढाउन नसकिएको व्यवसायीहरुले बताउँदै आएका छन् । 

अल्लो, गाजा र बास, केरा, भुइकटहर, कपास आदिबाट निस्कने रेशाहरुलाई प्रशोधन गरेर हातले बनेका कपडाहरुबाट निर्मित यस्ता वस्तुहरु पश्चिमा मुलुकदेखि एसियाली धनी मुलुकहरुमा राम्रो माग गरे पनि मुलुकमा पर्याप्त तालिम, चेतना र सरकारी प्रोत्साहनको कमीले यो व्यवसाय बढी फष्टाउन सकेको छैन । 

Advertisement

नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका प्राकृतिक रेसा व्यवसायी श्याम गिरिका अनुसार प्रतिकुलका बीच पनि दुई अर्ब रुपियाँका यसका उत्पादनहरु बार्षिक दुई अर्बको निर्यात भइरहेको छ भने एक वर्षको आन्तरिक खपत रहेको छ । 

गाउँ घरमा सजिलै पाइने वस्तुहरुबाट बन्ने कपडा पश्चिमी मुलुकका चेन स्टारहरुमा बिक्री हुँदै आएको छ । नेपाल एप्पारेल्स एन्ड नेचुरल फाइबर प्रालिका सञ्चालकसमेत रहेका गिरीले अमेरिका, युरोप, जापान, अष्ट्रेलिया, भारतसम्म प्राकृतिक रेसाका कपडाहरुको राम्रो माग रहेको भन्दै वार्लमार्ट जस्ता विश्वस्तरका चेनस्टारहरुले समेत हातले तयार गरेको यस्ता अर्गानिक उत्पालनहरु माग गर्ने गरेको बताउँछन् । 

हातले बुनेका यस्ता कपडाहरु अमेरिकीहरुको रोजाईमा पर्ने गरेको उनले उदाहरण दिए । नेपालका झण्डै ७५ वटै जिल्लामा प्राकृतिक रेसाहरुको उत्पादन हुने गरेको दावी गिरिले गरे । एक लाखभन्दा बढी परिवार यस्ता रेसाबाट निस्कने कच्चा पदार्थ उत्पादन गर्नेदेखि कपडा बुन्ने काममा संलग्न रहेका छन् ।

करिव एक सय व्यवसायी यस्ता वस्तुको संकलन र निर्यातमा लाग्दै आएका छन् । पर्यटकहरुले समेत मन पठाउने प्राकृतिक रेसाका वस्तुहरु ठमेल, पोखरा, सौराहा जस्ता स्थानका पसलहरुमा समेत राम्रो व्यवसाय गर्दै आएका छन् । 

प्राकृतिक रेसाका वस्तुहरुलाई अझै परिस्कृत गरी मागअनुसार निर्यात बढाउन सके ग्रामीण क्षेत्रमा रोजगारी बढाउन, गरिवी न्यूनीकरण गर्न र स्थानीय स्रोत साधनको अधिकमत प्रयोगबाट अर्थतन्त्रमा योगदान दिन सकिने गिरिको भनाई छ । 

प्राकृतिक रेसाबाट बनेका जुत्ता चप्पलदेखि कोट, कोटी, झोला जस्ता विभिन्न पहिरन अहिले सहरी क्षेत्र र नयाँ पुस्तामा लोकप्रिय बन्दै गएको छ । अमेरिकी सरकारले नेपाली नेपाल तयारी कपडा उद्योगलाई भन्सार सहुलियत दिने निर्णय नेपाली हस्तकलाको उत्पादनहरुको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर भएकोले यसलाई सदुपयोग गर्न ढिलाई गर्न नहुने उनी बताउँछन् । 

यस्ता वस्तुको उत्पादन तथा निर्यात वृद्धिका लागि सरकारले पनि सहज बाताबरण बनाउनुपर्ने भन्दै विद्यमान बन्द हडताल र नाकाबन्दीको अवस्था चाँडै अन्त्य नहुने हो भने अमेरिकाले दिएको सहुलियत सदुपयोग गर्ने कुरा मात्रै नभएर अन्य मुलुकमा हुँदै आएको निर्यात समेत खस्किएर जाने गिरिको भनाई छ । 

Advertisement

Advertisement