फेसबुक म्यासेन्जरमा नेपाल टेलिकमको लोगो दुरुपयोग गर्दै नगद पुरस्कारको प्रलोभन

Advertisement

काठमाडौं । पछिल्लो समय नेपाल टेलिकमको लोगोको अनधिकृत प्रयोग गर्दै सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा म्यासेज आउने क्रम बढेको छ ।  

म्यासेन्जरमा ‘तपाईंलाई पाँच हजार रुपियाँ पर्यो, बधाई छ !’ भन्दै आएको म्यासेज २० जनालाई सेन्ड गर्नुपर्ने शर्त राखिएको हुन्छ । यस्तो फेक म्यासेजका कारण सामाजिक सञ्जाल प्रयोगकर्ता हैरान हुनुका साथै नेपाल टेलिकमको लोगो प्रयोग गरिएबाट उनीहरुमा भ्रम पनि सिर्जना भएको छ । 

Advertisement

यस विषयमा स्वयम टेलिकम भने मौन देखिन्छ । आफ्नो लोगो प्रयोग गर्दै अनधिकृतरुपमा मानिसहरुमा भ्रम सिर्जना गर्ने गरेको गुनासो कम्पनीको कार्यालयमा आए पनि यस विषयमा छानविन गर्ने गराउने र आफ्ना ग्राहकहरुलाई सचेत गराउन कुनै पहल भएको छैन् । 

केही दिनदेखि यस्तो म्यासेज तारन्तार आउने गरेको छ । टेलिकमको लोगोअंकित म्यासेज अरु २० जनालाई पठाउँदा पाँच हजार रुपियाँ पाउने कुरा फेक भएको कुरा स्वयम पीडितहरुले बताएका छन् । 
 
सरकारी स्वामित्वको कम्प्नीको लोगो प्रयोग भएको म्यासेज आउँदा मानिसले सहजै विश्वास गर्ने र यसमा विश्वास गरेर चलाउँदा फेसबुक एकाउन्ट ह्याक गरी त्यसको दुरुपयोग हुनसक्ने, पुरस्कारको लोभले धेरै मानिसलाई म्यासेज पठाउँदा भ्रम बढ्ने, अनावश्यक तनाव र झैझगडा हुने जानकारहरु बताउँछन् । 

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले भने यस विषयमा बोल्न चाहेनन् । नेपाल टेलिमको वार्षिकोत्सवको अवसरमा दिएको भनिए पनि सो भर्चुअल म्यासेज गलत रहेको स्वयम कम्पनीका कर्मचारी बताउँछन् ।

Advertisement