फोहोर फाल्न आज पनि  बन्चरेडाँडामा अवरोध, प्रहरीले गर्यो हवाई फायर

Advertisement

काठमाडौं । फोहोर बोकेर गएको गाडीलाई मंगलबार पनि नुवाकोटको बन्चरेडाँडा क्षेत्रमा अवरोध गरिएको छ । सत्तारुढ दलकै स्थानीय संयन्त्रले सोमबार अवरोध गरेकोमा आज पनि त्यसलाई जारी राखिएको हो । 

अवरोधपछि प्रहरीले केही सेल अश्रुग्याँस र पाँच राउण्ड हवाईफायर गरेको थियो । फोहोरको गाडी लिएर अगाडी बढ्न खोज्दा ठूला दलले स्थानीयका नाममा आफ्ना कार्यकर्तालाई अवरोध गर्न लगाएपछि प्रहरीले हस्तक्षेप गरेको हो । 

Advertisement

धुनवेशी नगरपालिका १ का नेपाली कांग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले संयुक्त विज्ञप्ति निकालेर काठमाडौंको फोहोर बन्चरेडाँडास्थित ल्याण्डफिलसाइटमा फाल्न नदिने बताएका थिए । 

सडक नजिकै रहेका आन्दोलनकारी लखेटेपछि माथिबाट ढुंगा हाल्न सुरु गरिएको थियो । 

Advertisement

Advertisement