वीर अस्पतालनजिकका अनधिकृत टहरा भत्काइयो, अस्पतालका अवैध संरचनामा पनि डोजर

Advertisement

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल क्षेत्र नजिक बनेका अनधिकृत संरचना भत्काउन थालेको छ ।  महानगरपालिकाले बिहीबार यस्ता संरचनामा डोजर लगाएर भत्काउन थालेको हो । 

सो क्षेत्रमा रहेका यस्ता संरचना हटाउन यसअघि सुचित गरिसकेको महानगरपालिकाको आग्रह अटेर गरिएपछि आज भत्काउन थालिएको छ । ती अटर तथा टहरामा औषधि पसलहरु सञ्चालित थिए । 

Advertisement

साथै, महानगरको टोलीले अस्पतालले आफ्नो भवनमा निर्माण गरेको अवैध संरचनामा पनि डोजर लगाइदिएको छ । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्लो समयमा नगर क्षेत्रभित्रका अनधिकृत संरचना भत्काउने, होडिङ बोर्ड हटाउने कामलाई तीब्रता दिएका छन् । 

Advertisement

Advertisement