वाणिज्य बैंकहरुमा असोज महिना लागेपछि २६ अर्ब निक्षेप थपियो, चार अर्बले बढ्यो कर्जा लगानी

Advertisement

काठमाडौँ । वाणिज्य बैंकहरुमा असोज महिना लागेपछि २६ अर्ब रुपियाँ निक्षेप बढ्दा कर्जा लगानी लगानी चार अर्ब रुपियाँले बढेको छ । 

नेपाल बैंकर्स संघले आज प्रकाशित गरेको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुमा (असोज ७ गतेसम्म) कूल निक्षेप बढेर ४५ खर्ब १६ अर्ब पुगेको छ ।  

Advertisement

चालु आवको साउन महिनामा कूल निक्षेप ४४ खर्ब ३३ अर्ब र भदौ महिनामा कूल निक्षेप ४४ खर्ब ८६ अर्ब थियो । गत आव आव २०७८/७९ को अन्तिम महिना असार मसान्तसम्म कूल निक्षेप ४५ खर्ब ४१ अर्ब रहेको थियो ।

संघका अनुसार (असोज ७ गतेसम्म) कूल कर्जा लगानी बढेर ४१ खर्ब ९४ अर्ब पुगेको छ । 

चालु आवको साउन महिनामा कूल कर्जा लगानी ४१ अर्ब ७७ अर्ब र भदौ महिनामा कूल कर्जा लगानी ४१ खर्ब ९० अर्ब थियो । गत आवको अन्तिम महिना असार मसान्तसम्म कूल कर्जा लगानी ४१ खर्ब ७५ अर्ब थियो ।

असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२१ प्रतिशत रहेको संघले जनाएको छ । 

Advertisement

Advertisement