पौडेलको नेतृत्वमा जीवन बीमक संघमा नयाँ कार्यसमिति

Advertisement

काठमाडौं। जीवन बीमा कम्पनीका सीईओहरुको संस्था जीवन बीमक संघको शुक्रबार सम्पन्न बार्षिक साधारणसभाले पोषकराज पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका सीईओ हुन् । 

सभाले संघको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका सीईओ प्रवीणरमण पराजुली, महासचिवमा ज्योती लाइफ इन्स्योरेन्सका सीईओ प्रकाशविक्रम खत्री, कोषाध्यक्षमा  एशियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेशलाल श्रेष्ठलाई चयन गरेको छ । 

Advertisement

त्यस्तै, कार्यसमिति सदस्यहरूमा एलआईसी नेपालका सीईओ एलपी दास, रिलायबल नेपाल लाइफका नारायणबाबु लोहनी‌, आईएमई लाइफका कवि फुयाँललाई चयन गरेको छ ।

Advertisement

Advertisement