वाणिज्य बैंक २२ वटामा झरेः अरु पनि ‘पार्टनर’ खोज्दै, अस्तित्वमा छैनन् १० बैंक (सूचीसहित)

Advertisement

काठमाडौं । आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका तत्कालीन गर्भनर डा चिरञ्जीवि नेपालले वाणिज्य बैंकहरुको चुक्ता पुँजी आठ अर्ब पुर्यार्उने पर्ने व्यवस्था गरे । यसका लागि २०७४ असार मसान्तसम्मको समय दिइएको थियो ।

चुक्ता पुँजी वृद्धिको उद्देश्य थियो वाणिज्य बैंकको सङ्ख्या घटाउनु । तत्कालीन समयमा लिइएको उक्त नीतिले अहिले आएर बल्ल सार्थकता पाएको छ । यसबीच केही वाणिज्य बैंकहरु मर्जर भए पनि पछिल्लो पटक भएको मर्जरको लहरले ‘बिग मर्जर’को तत्कालीन उद्देश्य पूरा भएको अनुभुत हुने गरी वाणिज्य बैंकको सङ्ख्या घटेको हो । 

Advertisement

यसैक्रममा पुस महिनामा मात्रै आठवटा वाणिज्य बैंक एकापसमा गाभिएका छन् भने थप दुई वाणिज्य बैंक मर्जरको चरणमा छन् । 

पुस मसान्तभित्र मर्जरमा नजाँदा राष्ट्र बैंकले दिने सुविधाबाट बञ्चित हुने भएपछि बैंकहरू हतार–हतार मर्ज भएर एकीकृत कारोबार सुरु गरेका हुन् । पुस महिनामा कुमारी र एनसिसी, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), प्रभु र सेन्चुरी बैंक तथा नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक एकापसमा गाभिएर एकीकृत कारोबार सुरु गरिसकेका छन् ।

कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्श (एनसिसी) बैंक मर्जरपश्चात गत पुस १६ देखि कुमारी बैंकको नामबाट एकीकृत कारोबार सुरु भइसकेको छ । 

गत पुस २५ देखि ग्लोबल र बीओके एक भई ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृृत कारोबार सुरु भयो भने त्यस्तै प्रभु र सेञ्चुरी बैंक मर्ज भएर पुस २६ गतेदेखि प्रभु बैंकको नामबाट एकीकृत कारोबार सुरु भयो । 

त्यसैगरी पुस २७ गतेदेखि नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक गाभिएर नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार कारोबार भएको हो । 

मर्जर सम्झौता गरेका हिमालयन र सिभिल बैंकको एकीकृत कारोबार भने यही माघ महिनाको दोस्रो साताभित्रै गर्ने तयारी छ । पुस २८ गते सम्पन्न दुबै बैंकको वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गर्यो भने राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर एकीकृत कारोबारको मिति तय गर्न दुबै बैंक जुटेका छन् । 

केही वर्षअघि तत्कालीन जनता बैंकलाई ग्लोबल आइएमईले प्राप्ति गरेपछि वाणिज्य बैंकको संख्या २७ मा झरेको थियो । केही महिनाअघि मात्रै नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि त्यो संख्या २६ वटामा ओर्लिएको थियो । गत पुस महिनामा पुनः ४ वटा बैंक घटेपछि हाल वाणिज्य बैंकको संख्या २२ मा झरेको छ । 

यसैगरी लक्ष्मी बैंक र सनराइज बैंकले पनि हालै मर्जरका लागि सम्झौता गरेका छन् । मर्जरका लागि दुबै बैंकबाट दुई–दुई जनाको मर्जर समिति बनाइएको छ । मर्जरपछिको नाम लक्ष्मी सनराइज हुने सहमति भएको छ । 

दुबै बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार लक्ष्मी बैंकको चुक्ता पुँजी रू ११ अर्ब ५५ छ भने सनराइज बैंकको रू १० अर्ब ११ करोड छ । 

यसरी वाणिज्य बैंकहरुमा ‘बिग मर्जर’ को बहार चलिरहँदा माछापुच्छ्रे, सानिमा, सिटिजन्स, सिद्धार्थ र प्राइम बैंकले पनि मर्जरका लागि उपयुक्त पार्टनर खोजी गरिरहेका छन् । यी बैंकहरुले आ–आफ्नो वार्षिक साधारण सभाबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति जाने प्रस्ताव पारित गरी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएका छन् ।

‘बिग मर्जर’ नीतिः वाणिज्य बैंकको संख्या ११ देखि १५ वटामै झर्ने हो ? (मर्जर/प्राप्तिको नालिबेली)

यस्तो छ मर्जर श्रृङ्खला
नवील बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरेर गत आर्थिक वर्षमै एकीकृत कारोबार सुरु गरेको थियो । त्यस्तै ग्लोबल आइएमई बैंकले २०७० चैतमा कमर्ज एन्ड ट्रस्ट बैंक र २०७६ मङ्सिरमा जनता बैंक गाभिसकेको छ । 

विसं २०७० असारमा एनआइसी बैंक र बैंक अफ एशिया गाभिएर एनआइसी एशिया बैंक बनेको थियो । प्रभु बैंकले २०७१ भदौमा किष्ट बैंक र २०७२ फागुनमा ग्राण्ड बैंक गाभेको थियो । 

सन् २०१२ अप्रिलमा नेपालमा बैंक तथा वित्तीय संस्थाको सङ्ख्या दुई सय २० सम्म पुगेको थियो । त्यसमध्ये ३२ वाणिज्य बैंक, ८८ विकास बैंक, ७७ वित्त कम्पनी र २३ लघुवित्त कम्पनी सञ्चालनमा थिए । पछिल्ला वर्षमा राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाको सङ्ख्या घटाउँदै लैजाने नीति लिएको छ । 

बीस अर्ब बढीको वाणिज्य बैंक हाक्दै सीईओहरु: ठूला छ बैंकको चुक्ता पूँजी कति ?

राष्ट्र बैंकले २०२२ अप्रिलमा सार्वजनिक गरेको ‘नेपालमा बैंक तथा वित्तीय संस्थाको उपयुक्त सङ्ख्या’ (अप्टिमल नम्बर अफ बैंक्स एन्ड फाइनान्सियल इन्टिच्युसन इन नेपाल) अध्ययन प्रतिवेदनले नेपालका लागि ११ देखि १५ सम्म वाणिज्य बैंक उपयुक्त हुने देखाएको थियो । 

प्रभु-सेञ्चुरी बैंकको एकीकृत कारोबार शुरुः चुक्ता पूँजी २३ अर्ब बढी, सीईओमा शेरचन

कुमारी-एनसीसीको एकीकृत कारोबार: २६ अर्ब २३ करोड चुक्ता पूँजी, अध्यक्षमा राणा, सीईओमा अर्याल 

सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमईः चुक्तापूँजी पौने ३६ अर्ब, अध्यक्षमा ढकाल, सीईओमा बज्राचार्य

नेपाल इन्भेष्टमेण्ट र मेगाको एकीकृत कारोबार शुरुः ३४ अर्ब नाघ्यो चुक्ता पूँजी

हिमालयन र सिभिलको साधारण सभाबाट लाभांश-प्राप्ति प्रस्ताव पारित, एकीकृत कारोबारको बाटो खुल्यो

लक्ष्मी र सनराइज बैंकबीच मर्जरको लागि प्रारम्भिक सम्झौताः बन्यो संयुक्त मर्जर समिति

यी हुन् सञ्चालनमा रहेका २२ वाणिज्य बैंक

अस्तित्वमा नरहेका १० वाणिज्य बैंक 

 


 

Advertisement

Advertisement