पुतलीसडकमा अलपत्र तार एक हप्तासम्म व्यवस्थापन गरिएन्, प्राधिकरण भन्छ– हाम्रो काम होइन्

Advertisement

काठमाडौं । पुतलीसडकमा भईंभरी इन्टरनेट र केवल टेलिभिजनका ताल अलपत्र भएको एक हप्ता भइसकेको छ । तर न सम्वन्धित सेवा प्रदायकले यसको व्यवस्थापन गरेका छन् न सम्वन्धित नियामकले नै यसतर्फ ध्यान दिएर सम्वन्धित पक्षलाई कारवाही गरेका छन् । 

बिजुलीका पोलहरुमा गुजुल्टिएका तारहरुले राजधानी काठमाडौंलाई कुरुप बनाइरहेको बेला एक हप्तासम्म सडकमा तार अलपत्र छोड्ने कुराले दुर्घटनाको जोखिमका साथै पैदल यात्रुलाई हिंड्न असुविधासमेत भएको छ । पुतलीसडकमा व्यापार व्यवसाय गर्नेहरुले समेत तार व्यवस्थापन नगरिएकोमा आक्रोस पोखेका छन् । 

Advertisement

स्थानीय अविनाश कायस्थ भन्छन, ‘सडकमा तारको थुप्रो लागेको एक साता भइसक्यो । नेट र केवलका तार बनाउन आउनेले यत्तिकै बेबारिसे छाडेर गएका छन् ।’ सडकको तार व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम बढेको बताउँदै उनले हिंड्न समेत असुविधा भएको बताए । बिजुलीका पोलमा तार सर्त भएर आगलागी हुने हुने कुरा आफूहरुको लागि नौलो नभएको कायस्थको भनाई छ ।    

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भने आफूहरुको काम निर्देशन दिने मात्रै भएको बताउँदै सडकमा अलपत्र तार व्यवस्थापन गर्ने काम आफूहरुको नभएको तर्क गरेको छ । 
प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रा भन्छन,  ‘दुरसंञ्चार सेवा प्रदायले लाइसेन्स दिने हो । तार व्यवस्थापन गर्ने होइन् । इन्टरनेट सेवा प्रदायकले आफ्नो नेटवर्क बनाउँछन् । पोलमा इन्टरनेटका तार टाँगेवापत नेपाल विधुत प्राधिकरणले भाडा अशुल्छ । उहाँहरुले नै यो समस्या हेर्नुपर्छ ।’ 

सरकारले सबै किसिमका तारहरु भूमिगत गर्ने अभियान काठमाडौंबाट सुरु गरे पनि हालसम्म साह्रै न्यून मात्रै काम भएको छ । अव्यवस्थित तारहरु काठमाडौं उपत्यकावासीका लागि लामो समयदेखि टाउको दुखाईको विषय बन्दै आएको छ । 

Advertisement

Advertisement