घरबेटी ठेकेदारको डेढ करोडको विवादास्पद बीमा दावी भुक्तानी दिन प्रधानमन्त्रीकै दबाब

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालका घरवेटी ठेकेदार शारदा अधिकारीले आफ्नो निर्माण आयोजनाको बीमाको डेढ करोड रुपियाँ विवादास्पत दावी भुक्तानी हात पर्न प्रधानमन्त्री दाहालमार्फत दबाब दिएको खुलासा भएको छ । 

शैलुङ कन्ष्ट्रक्शनका सञ्चालक समेत रहेका अधिकारीले बीमा दावी हात पार्न राज्य सत्ताको दुरुपयोग गरेको आरोप लागेको हो । उनले आफ्नो एक निर्माण आयोजनामा हुँदै नभएको क्षतिका लागि मोटो रकम माग गरेको स्रोतले जानकारी दिएको हो । योसम्वन्धी विवादको मुद्दा अहिले नेपाल बीमा प्राधिकरणमा विचाराधिन छ । 

Advertisement

स्रोतले भन्यो, ‘लामो समयदेखि रोकिएका मुद्दामा आफ्नो सरकार आएको बेलामा पार्टीगत रुपमा मुद्दा सुनुवाई हुने प्रवृत्ति बीमा क्षेत्रको विकृति पहिलदेखि के हो । यो देशमा जे पनि चल्छ । पैसा हात पार्नका लागि खाली पावर लगाउने चलन छ । त्यसैले यो डेढ करोड नपाउने भनेर सर्भेयरले देखिसकेको ठाउँमा फेरि रकम उठाउन खोज्नु गलत हो ।’

यस्तो थियो घटना
नख्खुखोला करिडोरको किनारमा ठूलो क्षति भएको खबर सर्भेयरले पाउँछन् । खबर गर्न जम्मा १४ दिनको म्याद बीमितलाई हुने भए पनि असारमा भएको क्षतिको निकै ढिला गरेर खबर गरिन्छ । त्यसलाई नै सम्वन्धित कम्पनीले बदमासीको रुप शंका गरिसकेको थियो । तर पहुँचवालाको बीमा दावी भएकाले कम्पनीदेखि अरु सम्वन्धित पक्षले यस विषयमा सार्वजनिकरुमपा बोल्ने आँट अहिलेसम्म गरेनन् ।
 
अलकत्रा पकाउने ‘ब्याचिङ प्लान्ट’ नख्खु खोलामा आएको बाढीले बगाएर क्षति भएको जिकिर गर्दै ढिलो गरी क्षति मूल्यांकन र क्षतिपूर्ति दावीका लागि आग्रह गरियो । तर घटनास्थल औंल्याइएको ठाउँमा बाढीले भेट्नसक्ने अवस्था नै देखिन्न । दुई बर्षअघि असारमा भएको घटनाको दावी भुक्तानीको माग तीन महिनापछि गरिएको थियो । घट्नाको प्रकृति हेरेपछि सर्भेयरहरुले दाबी दिन हुने कुनै आधार प्रमाण नरहेको भन्दै प्रतिवेदन बुझाए । 

प्रतिवेदनअनुसार तत्कालिन लुम्बिनी जनरल इन्स्योरेन्स (हालको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स–सालिको)ले ठेकेदार अधिकारीले दावी गरेअनुसार दावी भुक्तानी दिन अस्वीकार गर्यो । त्यसअघि अधिकारीले प्राधिकरणमा उजुरी दिए र दावी भुक्तानी दिलाउन विभिन्न ढंगले दबाब दिँदै आएका आएका थिए । तर प्राधिकरणले पनि दावी भुक्तानी देउ भन्नसक्ने अवस्था थिएन् । अहिले प्रधानमन्त्रीमा दाहाल नियुक्त भएर आएपछि अधिकारीले दाहाललाई नै फोन गर्न लगाएर उक्त दावी भुक्तानी दिन दबाब दिएका खुलासा भएको हो ।    

स्रोतका अनुसार ठेकेदार अधिकारीले यस बीमा दावीमा क्षतिपूर्ति पाउने कुनै सम्भावना देखिन्न । दोस्रो ‘ब्याचिङ प्लान्ट’ राखिएको ठाउँबाट प्लान्ट हटाउन नेकाठमाडौं उपत्यका विकास प्राधिकरणले पटक पटक अधिकारीको निर्माण कम्पनीलाई आग्रह गरेको थियो । मापदण्ड विपरित प्लान्ट राखिएको भन्दै प्राधिकरणले सो ठाउँबाट प्लान्ट हटाउन भनेको हो । त्यस्तै, खोलाले प्लान्ट क्षति गरेको भनिएको ठाउँमा अहिले पनि खोला पस्ने कुनै सम्भावना देखिन्न । 

यस्ता घट्नाले गर्दा वास्तविक पीडित बीमितहरुलाई दावी भुक्तानी लिन झन कठिनाई हुने अवस्था आउने स्रोतको तर्क छ । उनले भने, ‘बीमा क्षेत्रमा ठूलठूला समस्या अझै छन् । कसरी बीमितहरुलाई छिटो छरितो दावी भुक्तानी गर्ने र जनतामा बीमाप्रतिको आस्था र विश्वसनीयता बढाउने ? भन्ने छ । तर यहाँ त ठूलालाई चैन, सानालाई ऐन भइरहेको छ ।’

यता प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले सैलुङ कन्सट्रक्सनको दावी भुक्तानीको लाथि माथिबाट दबाब आएको कुरा अस्वीकार गरेनन् । सैलुङ कन्सट्रक्सनले आफूहरुको पैसा रोकिएको र त्यसलाई सकेसम्म चाँडो फरफारक गर्न आग्रह गरेको उनले जानकारी दिए । 

पौडेलले भने, ‘उहाँहरु हाम्रोमा आउनु भएको थियो । जेनुयन छ भने पैसा पाउनुहुन्छ । त्यसमा हाम्रो अध्ययन पनि भइरहेको अवस्था छ । हाम्रो बुझाईमा उच्च व्यवस्थापनमा त्यो विषय लानुपर्छ । उच्च व्यवस्थापन भनेको अदालत हो । अब त्यहाँबाट पनि बीमितले गडबढी ठहरिएमा हामीले पैसा रोक्दिन्छौं ।’

Advertisement

Advertisement