भारतले वास्ता नगरेपछि चीनसँग नजिकिँदै दाहाल, आर्थिक साझेदारी चीनसँग गर्ने चाहना

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । छिमेकी भारतले औपचारिक भ्रमणका लागि बोलाउन आनाकानी गरेपछि दाहाल चीनसँग नजिकिन खोजेका हुन् । 

भारतलाई घुक्र्याउन उनले यसअघि नेकपा व्युँताउने चेतावनी दिएका थिए । शुक्रवार काठमाडौंमा चीन सरकारले निर्माण गरेको निजामति कर्मचारी अस्पतालको नयाँ सर्जिकल भवन र पूरानो भवनको पुर्ननिर्माण सहितको हस्तान्तरण समारोहमा दाहालले चीनसँग आर्थिक साझेदारी बढाउन चाहेको बताएका हुन् । 

Advertisement

चीनले चिकित्सा विज्ञान र प्रविधि सहितको सामाजिक–आर्थिक विकासमा ठूलो फड्को मारेको भन्दै उनले विकासका परिणामहरू प्रदान गर्न र नेपाली जनताको समृद्धि हासिल गर्न चीनसँग मिलेर काम गर्ने आकांक्षा रहेको बताए । दाहालले विशेषगरी स्वास्थ्य क्षेत्रमा नेपालले जनताको स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न, स्वास्थ्य सुविधाहरूमा सुधार गर्न, स्वास्थ्य पूर्वाधारको बिस्तार गर्न, अस्पतालहरूलाई आधुनिक र अत्याधुनिक सुविधाहरू प्रदान गर्न चीनसँग थप सहकार्य गर्ने बताए । 

उनले डाक्टरहरू र स्वास्थ्यकर्मीहरूलाई ज्ञान, सीप, अस्पताल र स्वास्थ्य सुविधाहरूलाई आवश्यक पर्ने प्रविधिको सहयोगको आवश्यकता रहेको बताए । दाहालले विकास पूर्वाधारहरू सिर्जना गर्न, कनेक्टिभिटी बढाउन, मानव संशाधनको विकास गर्न र अन्य मानिसहरूको जीविकोपार्जनलाई समर्थन गर्न चीनको धेरै सहयोगको आवश्यकता रहेको बताए । 

उनले नेपालका स्वास्थ्य पूर्वाधारहरू सिर्जना गर्न, अस्पतालहरूलाई उपकरण र चिकित्सा आपूर्तिमा चीनको समर्थन प्रसंशनीय रहेको बताए । दाहालले चीनका विभिन्न विश्वविद्यालयहरूमा अध्ययन गरेका डाक्टरहरुले निजामति कर्मचारी अस्पतालमा राम्रो काम गरिरहेको बताए । 

Advertisement

Advertisement