सार्वजनिक यातायात व्यवस्थित गर्न विभागद्धारा नयाँ नियम जारी, के के छन् व्यवस्था ?

Advertisement

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई व्यवस्थित गर्न भन्दै नयाँ नियम लागू गरेको छ । विभागले मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी सवारीहरुमा लागू हुनेगरी नयाँ नियम लागू गरेको हो । 

संशोधित यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० अनुसार बस छट्नुअघि र गन्तव्यमा पुगेपछि जहाजहरुमा जस्तै बसमा पनि यात्रुका लागि सन्देशमूलक अडियो जानकारी दिने व्यवस्था गर्नुपर्ने, सवारी साधनमा सरसफाइ, स्वास्थ्य मापदण्डको पालना हुनुपर्ने, चालक र सहचालकको बोली व्यवहार राम्रो हुनुपर्ने, सवारी साधनको भित्री र बाहिरी भाग सफा राखेको हुनुपर्ने, यात्रु बस्ने सिट सफा र खोल हालेको हुनुपर्ने, भूईं, सिसा, पर्दा, सिलिङ सफा राख्नुपर्ने जस्ता नियम ल्याइएको छ । 

Advertisement

त्यस्तै, सार्वजनिक सवारी साधनभित्र धुम्रपान पूर्णरुपमा निषेध गर्नुपर्ने, सवारी साधनमा ध्वनी प्रदूषण हुने गरी ठूलो आवाजमा संगीत बजाउन नहुने, नस्वास्थ्य विषयका प्रबर्द्धनात्मक सूचना टाँस्नुपर्ने, सरसफाइयुक्त खाना खाने स्थान तथा सरसफाइयुक्त शौचालय भएको स्थानमा मात्र आवश्यकता अनुसार सवारी साधन रोक्नुपर्ने भन्दै विभागले सवारी साधनका धनीले चालक र सहचालकहरुको कम्तीमा तीन महिनामा एकपटक स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउनु पर्ने नियम पनि बनाइएको छ । चालु अवस्थामा रहेको सार्वजनिक सवारीमा संकलन भएको फोहोर तोकिएको स्थानमा मात्र विसर्जन गर्नुपर्ने कुरा पनि नयाँ निर्देशिकामा छ । 

Advertisement