मन्त्री नै भन्छन्– उपलब्धीमूलक नहुने देखेरै म भारत भ्रमणमा गइन्

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धीमूलक सम्झौता नहुने देखेरै आफू भारत भ्रमणमा नगएको बताएका छन् । 

मंगलवार खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्ने उद्देश्यले आयोजना भएको कार्यक्रममा उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए । 

Advertisement

किरातीले ओखलढुंगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले भने, ‘हेलिकप्टर को चढिएन ? भयो के ? यतिसम्म भयो की ठूला व्यापारी धनाढ्य घरानाकोले त उडाउने नै भयो । कति हो कति हुँदो रहेछ, पर्यटन मन्त्रालय उड्नुपर्ने । ७० वटा जति देशबाट त निमन्त्रणा नै आयो । भ्रमण पनि जान्न भन्दिएँ । मैले हेलिकप्टर पनि नचढ्ने दुई देशबीचको सम्झौता हुँदैन भने विदेश पनि नजाने । त्यसैले यसपालि इण्डिया पनि नगएको । खासमा पर्यटनमन्त्री त सवारीमन्त्री हो नि, जानुपर्दथ्यो नि त तर गएर केही हुँदैन, आफ्नै भुमिका केही हुँदैन भने किन जाने ? ठूलो मान्छे भयो नभन्नुहोला, त्यहाँका मानिसले ।’

कार्यक्रममा खिजिदेम्बो थोलेदेम्बा क्षेत्र समेटिने निम्न पर्यटकीय पथ मार्ग शुभारम्भ भएको हो । पोकली झरना १३० मिटर हूँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान गौरीवन, दोबाटेभञ्ज्याङ्ग, थोलेदेम्बा ३३५० मिटरसम्म (३ दिन) को पथमार्ग र उक्त स्थान हुँदै पिके, दुधकुण्ड मिहालबाट सगरमाथाको आधारशिविरसम्मको नयाँ पथमार्गको शुभारम्भ भएको हो । 

Advertisement