कटन र उनीको धागोको कच्चा पदार्थमा लगाएको १५ प्रतिशत कर हटाउन निर्यात व्यवसायीको माग

Advertisement

काठमाडौं । निर्यात व्यवसायी महासंघले कटन र उनीको धागोमा लगाएको कर हटाउन सरकारसँग माग गरेको छ । सोमवार प्रकाशशरण महतलाई ध्यानाकर्षण गराउँदै महासंघसम्वद्ध व्यवसायीले निर्यातजन्य वस्तुको कच्चा पदार्थमा लगाएको कर खारेज गर्न माग गरेको हो ।

व्यवसायीहरुले अर्थमन्त्रीलाई घरेलु तथा साना उद्योगमा दर्ता हुने भएकाले भ्याटमा दर्ता हुननपर्ने व्यवस्था कायम रहनुपर्ने माग राखेको छ । महासंघका अध्यक्ष शंकरप्रसाद पाण्डेले कच्चा पदार्थको पहिले रहेको भ्यालुमा १५ प्रतिशतसम्म कर थप गरेको भन्दै १५ प्रतिशत कर घटाउनुपर्ने बताए ।

Advertisement

उनले सरकारले कच्चा पदार्थमा कर बढाउनु भनेको आयातलाई प्रोत्साहन गर्नु भएको बताए । उनले सरकारले विगतमा निर्यातजन्य उद्योगमा ५० प्रतिशतसम्म आयकरमा छुट दिएपश्चात १२ प्रतिशत कर तिर्नु पर्नेमा आगामी आर्थिक वर्षदेखि कर वृद्धि हुँदा २० प्रतिशत पुगेको बताए । 

पाण्डेले सरकारले विद्यमान करको व्यवस्थालाई कायम राख्न अर्थमन्त्रीसँग माग गरिएको बताए । उनले सरकारले निर्यातन्य व्यवसायलाई दिँदै आएका नगद अनुदान पर्याप्त नभएको बताए । पाण्डेले सरकारले सबै क्षेत्रलाई उत्पादन अनुसार वितरण गर्नुपर्ने माग गरिएको बताए । 

Advertisement

Advertisement