एक लाख ४६ हजारलाई सहुलियतपूर्ण कर्जा: २०३ अर्ब बक्यौता, कुन क्षेत्रमा कति ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत वैशाख मसान्तमा रु.३ अर्ब ५६ करोड लगानीमा रहेको जनाएको छ । 

राष्ट्र बैंकले हालै प्रकाशित गरेको आव २०७९÷८० को दश महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी तथ्याङ्क अनुसार   वैशाख मसान्तमा १ लाख ४६ हजार ८ सय ६६ ऋणीलाई प्रवाह भएको रु.२०३ अर्ब २५ करोड सहुलियतपूर्ण कर्जा बक्यौता रहेको छ । 

Advertisement

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ७ सय १३ ऋणीलाई प्रवाह भएको रु.१३८ अर्ब ८८ करोड कर्जा बक्यौता रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८३ हजार ३ सय ५८
महिला उद्यमीलाई प्रवाह भएको रु.६१ अर्ब ३१ करोड कर्जा बक्यौता रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७ सय ९५ ऋणीको रु.३ अर्ब ७ करोड कर्जा बक्यौता रहेको छ ।

‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि प्रवाह भएको कर्जा २०८० वैशाख मसान्तमा रु.७४ करोड ८५ लाख बक्यौता रहेको छ ।

आर्थिक वर्ष २०७९÷८० को दश महिनामा वाणिज्य बैंकहरुको रु.३१५० अर्ब ९५ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को रु.२९१ अर्ब २ करोड गरी कुल रु.३४४१ अर्ब ९७ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.२४५४ अर्ब ७८ करोड र अन्य वित्तीय संस्थाहरुको रु.२८५ अर्ब ९ करोड गरी कुल रु.२७३९ अर्ब ८७ करोडको अन्तर बैंक कारोबार भएको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ । 

Advertisement

Advertisement