रायमाझी र खाँडसहित पक्राउ परेकामध्ये १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

Advertisement

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पूर्वमन्त्रीद्वय टोपबहादुर रायमाझी र बालकृष्ण खाँणसहित पक्राउ परेकामध्ये १६ जनालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । 

अदालतले यस प्रकरणमा पक्राउ परेका १६ जनालाई थुनामा राख्न भनेको हो । दुई जनालाई भने धरौटीमा छोड्न आदेश दिएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो । आरोपीहरुमाथि दुई सातादेखि थुनछेक बहस भइरहेको थियो । 

Advertisement

पक्राउ परेकी लक्ष्मी महर्जनलाई पाँच लाख र टंककुमार गुरुङलाई १० लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिइएको हो ।

Advertisement

Advertisement