व्यवसायी रिन्क साहनी र सुर्जे तामाङलाई दुई करोड ८१ लाख कर तिर्न आउन १५ दिने अल्टिमेटम

Advertisement

काठमाडौं। भैरहवाका दुई व्यवसायीले कर तिर्न छाडेका छन्। व्यवसायी सुर्जे तामाङ र रिन्क साहनीले कर तिर्न छाडेका भन्दै आन्तरिक राजश्व विभागले कर तिर्न आउने १५ दिने अल्टिमेटम दिएको छ । 

यी दुई व्यवसायीले कर नतिरेको भन्दै आन्तरिक राजश्व कार्यालय भैरहवाले सूचना प्रकाशित गरेको हो । सूचना अनुसार सुर्जे तामाङले दुई करोड ३८ लाख कर दाखिला गरेका छैनन् । 

Advertisement

तामाङले सिदार्थनगर नगरपालिका वडा नम्बर ६ गल्लामण्डीमा ओम बिन्दावासिनी ट्रेडर्स प्राली सञ्चालन गर्दै आएका छन्।

तामाङले कर कार्यालयमा दाखिला गर्नुपर्ने मूल्य अभिवृद्धि कर (भ्याट) दुई करोड दुई लाख रुपियाँ दाखिला गरेका छैनन् । यस्तै नाफामा लाग्ने अग्रिम आयकर २६ लाख रुपियाँ नतिरेको विभागको दावी छ । 

यस्तै, रोहिणी गाउँपालिका वडा नम्बर ३ धकधईका रिन्क साहनीले सुधाकर मदिरा एण्ड कोल्डस्टोर सञ्चालन गर्दै आएका छन् । साहनीले आयकर र भ्याटगरी ४३ लाख कर दाखिला नगरेको विभागको भनाई छ । 

कर कार्यालयले दुबै व्यवसायीलाई कर दाखिला गर्न नपर्ने कारण के हो भनी सोधेको छ । पन्द्र दिनभित्र जवाफ नपठाए दुवै व्यवसायीलाई कर कानुनबमोजिम कर असुली प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

पछिल्लो समय आर्थिक मन्दीका कारण व्यापार व्यवसाय हुन नसक्दा धेरै व्यवसायलाई कर तिर्न, व्यवसाय सञ्चालन गर्न, कर्मचारीलाई पारिश्रमिक भुक्तानीमा समस्या पर्ने गरेको छ । 

Advertisement

Advertisement