‘ओरा’ ब्राण्डको प्रतीक्षामा नेपाली ग्राहक, के–के छन् विशेषता ?

Advertisement

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा विद्यूतीय सवारीको माग ह्वात्तै बढेको छ । एकातर्फ बाताबरण प्रदुषण कम गर्ने र अर्कातर्फ ग्राहकहरुलाई पटक–पटक पेट्रोल पम्प धाउनु पर्ने झन्झटबाट मुक्त गर्ने भएकाले पनि विद्युतीय सवारीहरुलाई उत्तम विकल्पको रुपमा हेर्न थालिएको हो ।

नेपाल अटोमोवाइल एशोसियन (नाडा)ं ले गतवर्ष आयोजना गरिएको नेपालकै सबैभन्दा ठूलो सवारी मेलामा समेत विद्युत्तीय सवारीलाई नै प्राथमिकतामा राखेको थियो । अहिले अधिकांश सवारी कम्पनी तथा बिक्रेताहरुले विद्युतीय गाडीहरुको माग र आयात बढेको बताएका छन् ।

Advertisement

नेपाली बजारमा त्यसरी भित्रिएका सवारीहरु मध्ये चार पाङ्ग्रे सवारीको माग पनि धेरै बढेको अवस्था छ । ओरा कम्पनीको चार पाङ्ग्रे गाडीको पनि नेपालमा प्रि–बुकिङ खुल्ला गरिएको छ । आगामी डेढ महिनापछि बजारमा लन्च गर्ने तयारी गरिएको उक्त ओरा ब्राण्डको गाडीको बजार मूल्य भने ४७ लाख पचास हजार रुपियाँ तोकिएको छ ।

ओरा ब्राण्डका गाडीहरु रातो, सेतो लगायत विभिन्न ६ आकर्षक रंगहरुमा उपलब्ध छन् । उक्त गाडीले एक पटक चार्ज गरेपछि ग्राहकहरुलाई ४ सय किलोमीटरसम्मको माइलेज दिने कम्पनीका बजारीकरण संचार प्रमुख  (मार्केटिङ कम्यूनिकेशन म्यानेजर) पंकज यादवले कर्पोरेट नेपाललाई जानकारी दिएका छन् । उनले उक्त गाडीमा ९९ मोटर जडान गरिएको बताउँदै ब्याट्रीमा समेत ग्राहकहरुले आठ वर्षसम्मको वारेन्टी पाउँने बताएका छन् ।

यस्ता छन् विशेषताः
चिनियाँ ब्राण्डको ग्रेट  वाल मोटर कम्पनी (जीडब्लुएम) ले हाल नेपाल बजारमा ओरा गाडी भित्राएको हो । हाल ६ दशमलब ६ किलोवाटको चार्जर क्षमता भएको उक्त ओरा ब्राण्डको गाडी जम्मा आठ घण्टामा नै पूरा चार्ज हुने कम्पनीले जनाएको छ ।

ओरा गाडीमा १८ इन्चको टायर रहेको छ भने ३ सय ६० डिग्रीको क्यामेरा रहेको छ । वायर लेस चार्जर सहित प्यानारोमिक सन रुप रहेको छ । सात वटा एयर ब्याग रहेको यस ओरा ब्राण्डले (डेडीकेटेड इभी प्याटफर्म) विद्युतीय सवारीलाई नै लक्षित गरेर ल्याइएको हो ।

सुरक्षाका हिसाबमा (फाइफ स्टार सेफ्टी रेटिङ) उच्च सुरक्षित तथा (प्रिमयिम डुयल टाइम इन्टेरियर०)दोहोरो सुरक्षा जडान गरिएको रहेको कम्पनीको दाबी छ । साथै, रि जेनेरेटिङ ब्याट्री सिस्टमका कारण स्वचालित रुपमा व्याट्री स्वत चार्ज हुने कम्पनीले जनाएको छ ।

चिनियाँ ब्राण्डका गाडीहरु हाल करिब १ सय ८० देशमा बिक्री वितरण भइसेकेको कम्पनीले जनाएको छ । त्यस्तै, विश्वविख्यात पर्सेको डिजाईनरले आकार दिएको उक्त ओरा ब्राण्डको बाहिरी तथा भित्री आवरणमा आकर्षक रहेको कम्पनीले जनाएको छ ।

बेलाबेलामा नेपाली आकाश सुरक्षित छैन भन्ने सवालहरु उठिरहँदा पनि निर्धक्क रुपमा हजारौं हवाई यात्रा भई रहेको जस्तै नेपाली सडक संरचनामा केही देखिने नदेखिने कमजोरीहरुका बाबजुत पनि विद्युतीय सवारीरुले आफ्नो संरचना भने निकै मजबुत बनाउँदै गएको गाडी बिक्रेताहरुको अनुभव छ ।

यस जिडब्लुएम ब्राण्डले हाल जम्मा एउटा मात्रै विद्युतीय ब्राण्ड भित्र्याएको भए पनि निकट भविष्यमा पचासौँ ब्राण्ड ल्याउने गृहकार्य गरि रहेको छ । कम्पनीले निकट भविष्यमा ग्रामीण तथा शहरी क्षेत्र दुवैमा ओरा ब्राण्डको गाडीले ग्राहकहरुको आरामदायी यात्रामा सहजता थप्ने विश्वास व्यक्त गरेको छ ।

 

Advertisement

Advertisement