पशुपतिका तत्कालिन सदस्य सचिवविरुद्ध अख्तियारद्धारा भ्रष्टाचार मुद्दा दायर

Advertisement

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव प्रदिप ढकालविरुद्ध मुद्दा दायर गरेको छ । 

गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले सोमबार ढकालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता भोला दाहालले बताएका छन् । 

Advertisement


अनुसन्धानमा एक करोड ४४ लाख ११ हजार रुपियाँको स्रोत नखुलेको भन्दै अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको हो । ढकाल २०७४ देखि २०७९ सम्म कोषको सदस्य सचिव थिए । 

Advertisement

Advertisement