Advertisement

काठमाडौं । बालुवाटार प्रकरणमा संलग्न रहेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पक्राउ परेका छन् । गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली नक्साल पुगेको थियो ।

उनीविरुद्ध शिवशिखर सहकारी संस्थाको अर्बौं रुपियाँ अपचलन गरेको भन्दै प्रहरीमा उजुरी समेत परेको छ । सो संस्थाका अध्यक्ष केदार शर्मा यसअघि नै पक्राउ परिसकेका छन् । 

Advertisement

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले सीआईबीको टोली गुरुङलाई पक्राउ गर्न गएको सुचना आफूलाई पनि आएको कर्पोरेट नेपाललाई बताए । बालुवाटार प्रकरणमा पूर्वप्रधानमन्त्रीहरु माधव नेपाल, बाबुराम भट्टराईलगायतका नेताहरुको पनि संलग्नता देखिए पनि राजनीति स्वार्थ र जोडघटाउका कारण उनीहरु जोगिँदै आएका छन् । 

बालुवाटारस्थित ललिता निवासको २९९ रोपनी ३ आना सरकारी जग्गा हिनामिना प्रकरणमा गुरुङसहित दर्जनौं नेता, प्रशासक, न्यायाधीश, व्यापारी र भूमाफिया संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । 

Advertisement

Advertisement